यूएईमा सुनिए नवराज !

यूएईमा सुनिए नवराज ! स्रष्टा भेटघाट तथा सृजना वाचन डबलीकाे ११ अाैं श्रृङखलाकाे अबसरमा यूएईको बरदुबई स्थित हाेटल पानाराेमा ग्राण्डमा कवि नवराज पराजुली हेप्पी बर्थ डे, रूख, खाेया, च्याउ र सगरमाथाको गहिराइ गरी अाफ्ना ५ कविता सहित सुनिए । कार्यक्रममा बरिष्ठ साहित्यकार मञ्जु काँचुली र नवराज पराजुली सृजना वाचन डबली र ट्राभहिलकाे तर्फबाट सम्मानित गरिए ।सिर्जना वाचन डबलीका संयाेजक टक गुरूङ ट्राभहिलका अध्यक्ष द्राेण श्रेष्ठ र ईनासका अध्यक्ष रेखा घिमिरेले संयुक्तरूपमा दाेसल्ला अाेढाएर सम्मान पत्र सहित सम्मानित गरेका थिए । कवि पराजुलीकाे खाडी मुलुकमा याे नै पहिलो प्रस्तुति हाे । कार्यक्रममा झापाली समाजले पनि कवि नवराजलाई अलग्गै सम्मानित गरेका थिए । अाजकाे सिर्जना वाचन डबलीकाे नियमित कार्यक्रममा जे.सागर,ईन्धन डि.बि भण्डारी,उदिन क्षेत्री, दलबीर सिं बराईली घायल,अथाहसागर तीर्थमान, अाेमकुमारी खाण, शेल्कर पाख्रिन, बि राज, दूर बस्तीकाे शिशिर लगायतका स्रष्टाहरूले गजल, समदर्शी काईला, नवराज क्षितिज, कृष्ण बिश्वकर्मा, जनक कार्की, बिनाेद सेन पाल्पाली,लगायतका स्रष्टाहरूले कविता अाशिस पुरू, बिलाषी मान्छेले मुक्तक र पासाङले गीत गाउनु भएकाे थियाे। अाजकाे कार्यक्रममा २०० जना भन्दा बढीकाे भीड नवराज पराजुलीलाई हेर्न र सुन्न यूएईको दुबई, शारजाँह, अबुधाबी, अाजमान,अल ऐन, रासअलखेमा देखि अाएका थिए । डबलीकाे अागामी कार्यक्रम यूएईको राजधानी अबुधाबीमा गर्ने निर्णय भएकाे गजलकार अमन एकलले बताउनु भयाे ।

प्रतिकृया दिनुहोस

यूएईमा सुनिए नवराज !

विनोद रखाली मगर अन्तराष्ट्रिय मातृभाषा दिवश फेव्रअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अन्चल समितिको सप्ताहव्यापी कार्यक्रम अन्तरगत