तनहुँ सुक्ला गण्डकी ढोर फिर्दी शैक्षिक तथा धार्मिक महायज्ञ को आयव्याय विवरण सार्वजनिक

गाउँफर्कोदय माध्यामिक विधालय सुक्ला गण्डकी ८ गनपतीबजार तनहुँले विधालयको  शैक्षिक गुणस्तर उकास्न आयोजना गरेको तनहुँ सुक्ला गण्डकी ढोर फिर्दी शैक्षिक तथा धार्मिक महायज्ञ २०७४ को महायज्ञमा भएको आयव्याय विवरण सार्वजनिक गरेको छ। महायज्ञ आयोजकले शनिबार विधालय परिसर भित्र दानबिर, सहयोगदाता, विभाबक, शिक्षक शुभचिन्तकहरुको सहभागीतामा पत्रकार सम्मेलन गरी १,६०,१८,४१५ (एक करोड साठी लाख, अठार हजार, चार सय पंध्र) जम्मा रकम दान संकलन भएकोमा  महायज्ञमा भएको खर्च रकम २९२६६८९ (उन्नंतिस लाख छविस हजार छ सय उन्ननब्बे रुपैयाँ) कटाएर जम्मा ,३०,९१,७२६ (एक करोड़ तीस लाख एकानब्बे हजार सात सय छब्बिस रुपैया ) बचत भएको महायज्ञ मुल आयोजक समितिका आर्थिक सम्योजक विश्व बिजय महतले जानकारी दिनुभयो । विद्यालयको स्थायीत्व कायम राख्न, बिधालयको गुणस्तर उकास्ने  उद्देश्यका साथ ज्ञान महायज्ञ सञ्चालन गरिएको हुँदा महायज्ञबाट संकलित दान रकमबाट  मास्टर प्लान लगाएर बिधालयको गुणस्तर उकास्नको लागि उपयोग गरिने बिधालय ब्यबस्थापन समितिका अध्यक्ष माधव भट्टराइले प्रतिवद्धता जाहेर गर्नु भएको थियो भने लेखा समतिको प्रतिबेदन रामेश्वर भट्टराइले प्रस्तुत गर्नुभएको थियो । यसै गरी ८ नम्बर वडाका वडा अध्यक्ष कृष्ण रेग्मीले  यस महायज्ञपश्चात गाउँफर्कोदय र समग्र ढोरक्षेत्र नयाँ युगमा प्रवेश गरेको वताउंदै वडाध्यक्ष रेग्मीले भन्नुभयो "जसरी महायज्ञमा दान गर्नुभयो त्यसरी नै अव यो बिधालयप्रति सकरात्मक चासो मात्र राखिदिनुभयो भने हामी हाम्रो लक्ष्यमा पुग्न कठिन छैन धेरै चुनौतिका पहाडहरू छिचोलेर यहाँसम्म आईपुगेका छौ त्यसैले अव यो विद्यालयको सम्वृदिको विषयमा वहस गर्ने छुट छ तर पछाडी फर्किने छुट छैन । आगामी वैशाख १ गतेदेखि अङ्ग्रेजी र नेपाली दुवै माध्ययमवाट पठनपाठन संचालन हुने र यो क्षेत्रमा भएका सवै राम्रा भनिएका विधालय भन्दा उत्कृष्ट नतिजा दिने कुराको प्रत्याभुति दिन चाहेको जिकिर गर्नुभयो ।
 
 

प्रतिकृया दिनुहोस