हिमालय ऊर्जाले २५ कराेडकाे आईपिओ जारी गर्ने

हिमालय ऊर्जा विकास कम्पनीले पनि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले चैत २४ गते हिरा बैंकेट नयाँ बानेश्वरमा अाह्वान गरेकाे १७ औं बार्षिक साधारण सभामा सेयर जारी गर्ने विशेष प्रस्तावमाथि छलफल गर्ने भएको छ । 

निजी क्षेत्रबाट प्रर्वद्धित हिमालयन ऊर्जाले जारी पूँजी ९९ कराेडको रुपैयाँको २५ प्रतिशत अर्थात २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्ने सेयरमध्ये सर्वसाधारणको १५ प्रतिशत (१४ करोड ७५ लाख रुपैयाँ) र आयोजना प्रभावितलाई १० प्रतिशत (९ करोड ९० लाख रुपैयाँ)  रहेकाे छ । एक हजार चार सय सेयरधनी संस्थापक सेयरधनी रहेकाे कम्पनीले संस्थापक तर्फकाे ७५ प्रतिशत अर्थात ७४ कराेड २५ लाख रूपैयाँ चुक्त्ता गरिसकेकाे छ ।

साेह्राै बार्षिक साधारण सभाबाट समेत अार्इपिअाे प्रस्ताव पारित गरेकाे कम्पनीले धिताेपत्र बाेर्डमा निवेदन दर्ता गर्न नभ्याएपछि फेरी साधारण सभाबाट अनुमाेदन गर्न लागेकाे हाे ।

आईपिओ जारी गर्ने सम्बन्धी आह्वानपत्र पारित भैसकेको जानकारी दिँदै कम्पनीका प्रवन्धक प्रकाश दुलालले चैत दाेस्राे सातामा धिताेपत्र बाेर्डमा निवेदन दर्ता गरिने जानकारी दिए । कम्पनीकाे सेयर निष्काशन तथा विक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ रहनेछ ।

हिमालय ऊर्जा विकास कम्पनीले रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दास्राे आयोजना २०७५ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाईरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालय ऊर्जाले २५ कराेडकाे आईपिओ जारी गर्ने

प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापन प्रमुख सञ्चालन अधिकृत(सीओओमा)दिनेश थकाली नियुक्त हुनुभएको छ । थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु

हिमालय ऊर्जाले २५ कराेडकाे आईपिओ जारी गर्ने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखा विस्तार गरेको छ । एकै दिन शुक्रवार

हिमालय ऊर्जाले २५ कराेडकाे आईपिओ जारी गर्ने

काठमाण्डौको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने