परमाणु बम बनाउने साउदी अरेबियाको चेतावनी

साउदी अरेबियाले परमाणु बम बनाउने चेतावनी दिएको छ ।

साउदी अरबका रक्षामन्त्री समेत रहेका युवराज मोहम्मद बिन सलमानले मध्यपूर्वी क्षेत्रमै रहेको इरानले परमाणु बम बनाए आफूहरुले पनि त्यस्तै बम बनाउने चेतावनी दिएका हुन् ।

अमेरिकी च्यानल सीबीएस न्यूजसँगको कुराकानीमा राजकुमार सलमानले आफ्नो देशले परमाणु हतियार राख्न नचाहे पनि इरानले परमाणु बम बनाए आफूहरुले पनि चाँडै त्यस्तै बम बनाउन सक्ने बताए । सन् २०१५ मा इरानले परमाणु कार्यक्रम स्थगित गर्ने सम्झौता गरेको थियो । तर हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो सम्झौताबाट इरान अलग हुनसक्ने बताएका थिए ।

साउदी अरेबिया अमेरिकाको प्रमुख सहयोगी राष्ट्र हो । उसले सन् १९८८ मा परमाणु हतियारविरोधी सन्धिमा हस्ताक्षर पनि गरेको छ ।

मध्यपूर्वी क्षेत्रमा साउदी अरब र इरान परम्परागत रुपमै विरोधी मुलुक हुन् । दुवै देश इस्लामिक धर्मका अनुयायी भए पनि साउदी अरब सुन्नी समुदाय र इरान शिया समुदायबाट प्रभावित मुलुक हुन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस

परमाणु बम बनाउने साउदी अरेबियाको चेतावनी

कहिले आकाशबाट माछा खसेको, कहिले गड्यौला खसेको खबर प्रकाशमा आउने गर्दछ । तर आकाशबाट सुन, हिराजस्ता बहुमूल्य धातु वर्षिएको घटना सायदै आउने गर्दछ

परमाणु बम बनाउने साउदी अरेबियाको चेतावनी

अमेरिकाको मायामी शहरमा पैदलयात्रीका लागि निर्माण गरिएको एउटा आकाशे पुल भत्किंदा कम्तिमा चार जनाको मृत्यु भएको छ । फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटी

परमाणु बम बनाउने साउदी अरेबियाको चेतावनी

दक्षिण अफ्रिकामा राष्ट्रपति ज्याकोब जुमाको राजीनामा मागिएको छ । सत्तारुढ दल अफ्रिकन नेसनल कंग्रेसले भ्रष्टाचारको आरोप लागेका राष्ट्रपति