ओली र प्रचण्ड दुबै सहअध्यक्ष बन्ने सहमति

एमाले र माओवादीबीच केही समयदेखि रहेको पार्टी एकताको गाँठो फुकेको छ।

पार्टी शीर्ष नेताबीच एकीकृत पार्टीको नेतृत्व, वैचारिक विषय र सांगठनिक स्वरूपमा लगभग सहमति जुटेको दुबै पार्टीका नेताले बताए।

दुई पार्टीबीच एकता गर्ने सैद्धान्तिक सहमति साढे ४ महिनाअघि नै भए पनि पछिल्लो एक महिनादेखि एकताको विषयमा प्रगति हुन सकेको थिएन।

एकतामा सबैभन्दा ठूलो अड्को नेतृत्वको विषयमा देखिएको थियो।

माओवादी केन्द्रले दुई कार्यकारी पद प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक आफूले पाउनु पर्ने अडान लिँदै आएको थियो।

अर्कोतिर एमालेले कम्तिमा महाधिवेशनसम्म केपी शर्मा ओली नै प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनु पर्ने सुझाएको थियो।

पछिल्ला केही हप्तादेखि महाधिवेशनसम्म एमालेले केपी ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष रहने प्रस्ताव गर्दै आएको थियो।

दुबै पार्टी एक कदम पछि हटेर नेतृत्वको विषयमा सहमति जुटाएका छन्। सहमतिअनुसार  एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनेछन् भने महाधिवेशनसम्म केपी ओली र प्रचण्ड दुबैजना सहअध्यक्ष रहनेछन्।

पछिल्ला केही दिनदेखि ओली र प्रचण्डबीच भएका छलफल र दुबै नेताले आ–आफ्ना पार्टीका शीर्ष नेताहरूसँग गरेको परामर्शका आधारमा यो सहमति जुटेको दुबै पक्षका नेताले सेतोपाटीलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस

ओली र प्रचण्ड दुबै सहअध्यक्ष बन्ने सहमति

रेडियो तनहुँ ९७ दशमलब २ मेघाहर्जका अध्यक्ष एवं शिक्षाविद समजासेवी प्राध्यापक डाक्टर चन्द्र बहादुर थापालाई नागरिक अभिनन्दन गरिएको छ । दशैँ

ओली र प्रचण्ड दुबै सहअध्यक्ष बन्ने सहमति

प्रतिनिधिसभाको उपसभामुख पदमा नेकपा एमालेकी सांसद डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन् । शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा भएको

ओली र प्रचण्ड दुबै सहअध्यक्ष बन्ने सहमति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार संविधानको धारा ७६ को उपधारा (९) बमोजिम केही नयाँ मन्त्री नियुक्ति