गण्डकी विकास बैंकले १९.३१ प्रतिशत बोनस शेयर दिने

गण्डकी विकास बैंकले १९.३१ प्रतिशत बोनस शेयर दिने गण्डकी विकास बैंक लिमिटेडले हकप्रद शेयर पश्चात कायम रहने चुक्ता पुँजीमा १९.३१ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । हालै सम्पन्न सञ्चालक समितिको बैठकवाट यस्तो निर्णय गरेको बैकका कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिनुभयो । उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको दशौं वार्षिक साधारणसभाबाट पारीत भएपश्चात मात्र लागू हुनेछ । साथै, बैंकले हकप्रद साधारण शेयर लिलाम बिक्रीको शिलबन्दी बोलपत्र पनि आह्वान गरिसकेको र नियमानुसार शिलबन्दी बोलपत्रमार्फत कायम हुने शेयरधनीले पनि उल्लेखित बोनस शेयर प्राप्त गर्न सक्नेछन् । यसरी बोनस शेयर पश्चात बैंकको कूल चुक्ता पुँजी रु. २ अर्ब ७५ करोड हुन जाने छ । गण्डकी विकास बैंक चुक्तापूँजीको हिसाबले नेपालकै सबैभन्दा ठूलो विकास बैंकको रुपमा स्थापित हुनेछ । बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५१ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ब्द्यद्यक्, ब्त्ः, भ्ऋऋरक्ष्एक्, क्ःक् बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । साथै बैंकले यसै आर्थिक बर्ष भित्रमा ७७ वटा शाखा पु¥याउने लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस

गण्डकी विकास बैंकले १९.३१ प्रतिशत बोनस शेयर दिने

काठमाण्डौको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने

गण्डकी विकास बैंकले १९.३१ प्रतिशत बोनस शेयर दिने

प्रदेश नं ४ को सरकारले आव ०७४÷०७५ वाकी अवधिको लागि वुधवार बजेट तथा कार्यक्रम ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले

गण्डकी विकास बैंकले १९.३१ प्रतिशत बोनस शेयर दिने

तनहुँ बैशाख १२। दिवाकर भण्डारी सांग्रीला डेभलपमेन्ट बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई चुक्त्ता पूँजीकाे २.५० प्रतिशत बोनस