३ महिने सामुहिक पशुपालन तालिम को उद्घघाटन शुक्रबार सम्पन्न , आईतवार बाट तालिम सुरु हुने

तालिम प्रदायक संस्था कान्तिपुर बहुप्राविधिक शिक्षालयको सहयोगमा  शुक्लागण्डकी नगरपालिका वडा नं ८ द्रारा आयोजित  वडाका महिला तथा बेरोगार युवा लक्षित  ३ महिने  सामुहिक पशुपालन तालिम को आज वडा नं ८ ढोरफिर्दी स्थित  रेडक्रस भवनमा सुक्ला गण्डकी नगरपालिका का मेयर किसान गुरुङ ,को प्रमुख आथित्यता साथै ८ नम्बर वडाका वडाअध्यक्ष कृष्ण रेग्मी को सभापतित्वमा उद्घघाटन गरिएको छ ।  तालिम आईतवार देखी सन्चालन भई ५ घण्टा को हिसाबले तीन महिना सम्म चल्ने  वडाअध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै नगरपालिका प्रमुख किसान गुरुङले   कृषकहरुलाई आधुनिक कृषि प्रणाली अपनाएर व्यवसायिक रुपमा अगाडी बढ्न सुझाव दिदै शुक्लागण्डकीलाई खाधान्नमा आत्मनिर्भर  बनाउनु पर्नेमा जोड     दिनुभयो   उहाले भन्नुभयो     "तपाईहरु आधुनिक कृषि प्रणाली मार्फत कृषि यन्त्र तथा औजारको प्रयोग गर्नुस्, अनुदान हामी उपलब्ध गराउने छौँ ।"  बिभिन्न  सस्था  NGO INGO बाट २ करोड साथै नगरपालिका बाट पनि ३ करोड बराबरको बजेट कृषिकै लागि छुटाइएको अबगत गराउदै अब नगरबासी रोजगारीको अभाबमा बिदेश भौतारिनु नपर्ने भन्दै यस्ता मौका को भरपुर लाभ लिन सम्पूर्णलाई आग्रह गर्नुभयो  
यसैगरि कार्यक्रमका सभापतित्व ग्रहण गर्दै ८ नं वडाका अध्यक्ष कृष्ण रेग्मिले वडाबासिलाई स्वरोजगार बनाउनको लागि बेलाबेलामा यस्ता तालिमहरु प्रदान गर्दै आइरहेको भएतापनि प्रशिक्षार्थीले तालिमको महत्व नबुझिदिदा तालिम पुर्ण फलदायी हुन नसकेको गुनासो गर्नुभयो । साथै उहाले  कृषि प्रणालीलाई निरुत्साहित गरी तालिममा सिकेको आधुनिक कृषि प्रणाली लागु गर्नु पर्नेमा जोड दिनु भयो  ।
  त्यसको साथसाथै यसपालि इमान्दार भएर पुर्ण रुपमा तालिम लिन सम्पुर्ण लाई आग्रह गर्नुभयो  उहाले यसभन्दा अगाडि २० जनालाई लक्षित गरी पोलम्बर तालिम प्रदान गरिएको र त्यसबाट १८ जनाले रोजगार प्राप्तगर्न सफल भैसकेको साथै ४० जनाको लागि मोवाईल मर्मत तालिम प्रदान गरिएको जानकारी दिदै भावि दिनमा सिलाई कटिङ र व्युटिसियन तालिम पनि छिट्टै प्रदान गर्ने जानकारि दिनुभयो
कार्यक्रममा जिल्ला समन्वय समितीकी सदस्य सरस्वती गौतमले महिला तथा पुरुषलाई कृर्षिमा आत्मनिर्भर हुनका लागि यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ले बताउनु भयो कार्यक्रममा १० नं वडाका अध्यक्ष रामचन्द्र भण्डारी, शुनपा नगरविकाश सदस्य प्रकाश विक, कान्तिपुर बहुप्रासिकका प्रतिनिधि बलराम विष्ट, ८ नं वडाका सदस्य रोमबहादुर सिंह ठकुरी लगायतले कृर्षि तालिमको उपयोगिताको बारेमा प्रष्ट पारे । वडाध्यक्ष कृष्ण रेग्मिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन युवाराज पौडेलले गरेका थिए

प्रतिकृया दिनुहोस

३ महिने सामुहिक पशुपालन तालिम को उद्घघाटन शुक्रबार सम्पन्न , आईतवार बाट तालिम सुरु हुने

 क्षेत्री समाज शुक्लागण्डकी स्तरिय परिचयात्मक तथा दर खाने कार्यक्रम सुनिता डोटल । क्षेत्री समाज शुक्लागण्डकी स्तरिय परिचयात्मक तथा दर खाने

३ महिने सामुहिक पशुपालन तालिम को उद्घघाटन शुक्रबार सम्पन्न , आईतवार बाट तालिम सुरु हुने

 लाईन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले असोज १९ गते देखि ३० गते सम्म आयेजना गर्न लागेको महोत्सव सफल पार्नका लागि विभिन्न संघ संस्थाको साथ र समर्थन

३ महिने सामुहिक पशुपालन तालिम को उद्घघाटन शुक्रबार सम्पन्न , आईतवार बाट तालिम सुरु हुने

लायन्स क्लब अफ खैरेनीटार तनहुँको आयोजनामा तिनखोले मन्दिरको परिसरमा विभिन्न जातका ५० वटा भन्दा बढि बिरुवाहरु बृक्षारोपण गरिएको छ।  क्लबका अध्यक्ष