नेपाल रास्ट्रिय शिक्षक संगठन तनहुँको अध्यक्षमा सिग्देल चयन , शनिबार घोषणा सभा सप्पन्न

 

नेपाल रास्ट्रिय शिक्षक संगठन तनहुँको अध्यक्षमा ध्रुबराज सिग्देल चयन हुनुभएको छ। गत १२ गते शनिबारको दिन उद्घाटन सभा सप्पन्न गरेको संगठनले सहमतिमा नै नेतृत्व चयनका लागि भन्दै निर्वाचनको कार्यक्रम स्थकित गरेको थियो नेतृत्वको लागि निरन्तर छलफल पछि सहमती पश्चात् शनिबार नयाँ नेतृत्वको घोषणा गरेको हो । एमाले पार्टी कार्यालय दमौलीमा भएको घोषणा सभाको प्रमुख अथिती एमाले केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ रहनुभयो थियो ।

कार्यक्रमका प्रमुख अथिती श्रेष्ठले एकतामा नै बल हुने बताउनुहुदै शिक्षक संगठन बलियो भए पार्टी बलियो हुने र पार्टी बलियो भए संगठन बलियो हुने बताउनुभयो । कार्यक्रममा युबा नेता एमाले जिल्ला उपसचीव बिस्नुभक्त सिग्देलले समाज बिकास र परिवर्तनको आन्दोलनमा शिक्षकहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

कार्यक्रममा मुक्ति समाजका जिल्ला अध्यक्ष रन सिंह नेपाली, पेशागत महासंगका उपाध्यक्ष बिजय श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेपाल बार एसोसिएन तनहुँका अध्यक्ष तथा निर्वाचनका अध्यक्ष शिबदत्त ढकालले संगठनको नयाँ नेतृत्व सर्बसम्मत भएको बताउनुहुदै शनिबार नयाँकार्यसमिति २९ सदस्यीय रहेकोे र सबै सहमति मै भएको घोषणा गर्नुभएको थियो।

उक्त नयाँ कार्यसमितिलाई संगठनको नि बर्तमान अध्यक्ष केशवराज घिमिरेले पद तथा गोपनियताको सफत ग्रहण गराउनुभयो थियो। घोषणा सभामा नब निर्बाचित अध्यक्ष ध्रुवराज सिग्देलले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक बलराम रानाभाटले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

नेपाल रास्ट्रिय शिक्षक संगठन तनहुँको अध्यक्षमा सिग्देल चयन , शनिबार घोषणा सभा सप्पन्न

तनहुँको शुक्लागण्डकी १ कोत्रे बजारमा आयोजना गरेको श्रीमद भागवत धन धान्याचल विराट ज्ञान महायज्ञमा मंगलबार सम्म करिब १६ लाख ४८ हजार दान संकलन भएको छ

नेपाल रास्ट्रिय शिक्षक संगठन तनहुँको अध्यक्षमा सिग्देल चयन , शनिबार घोषणा सभा सप्पन्न

तनहुँ १७ कार्तिक । सुनिता डोटेल ठाडोखोला खानेपानी उपभोक्ता तथा सरसफाई समिति शुक्लागण्डकी ५ को १७ औँ साधरण सभा तथा ५ औँ अबिधेशनबाट अध्यक्षमा

नेपाल रास्ट्रिय शिक्षक संगठन तनहुँको अध्यक्षमा सिग्देल चयन , शनिबार घोषणा सभा सप्पन्न

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा