लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको अध्यक्षमा थापा निर्वाचित


लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको बर्ष २०१८ ÷१९ को अध्यक्षमा प्रदीप थापा निर्वाचित हुनुभएको छ । होली पर्वको अवसर पारि क्लबले आयोजना गरेको तेस्रो अबिधेशन एवं क्लबको रेगुलर मिटिङ्गमा उपस्थित क्लबका सदस्यहरुले यस भोट गरपछि थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै क्लबको प्रथम उपाध्यक्षमा लाल बहादुर श्रेष्ठ र द्धितिय उपाध्यक्षमा सुजन कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।  क्लबका संस्थापक अध्यक्ष एवं निर्वाचन समितिका संयोजक दुर्गा कुमार श्रेष्ठले निर्वाचत अध्यक्ष ,प्रथम उपाध्यक्ष र द्धितिय उपाध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

क्लबका अध्यक्ष दिर्घ बहादुर थापाको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा जोन चियर पर्सन लायन्स कृष्ण प्रसाद पौडेल , शुक्लागण्डकी लायन्सका अध्यक्ष ज्योति कुमार श्रेष्ठ क्लबका संस्थापक अध्यक्ष आइभिपि दुर्गा कुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो । निर्वाचित क्लबको कार्यसमितिको आउदो अंग्रेजि जुलाई महिनामा पदस्थापन हुने जनाइएको छ । निर्वाचित अध्यक्ष प्रदीप थापाले क्लबले सामाजिक उत्तदायित्व बहन गर्ने उदेश्यका साथ क्लब स्थापना भएको भन्दै आफ्नो कार्यकालमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने बताउनुभयो । उहाँले क्लबले आउँदो एक वर्ष भित्र शु्क्लागण्डकी नगरपालीका ५ स्थित भानुभक्त क्याम्पस हाता भित्र लायन्स महोत्सव आयोजन गर्ने समेत जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकालका लागि नयाँ कार्य समिति समेत चयन गर्नुभएको छ ।जस मध्ये तृतिय उपाध्यक्षमा विष्णु राना , सचिवमा क्षेत्र बहादुर थापा र कोषध्यक्षमा गणेश कुमार श्रेष्ठ चयन हुनुभएको छ ।कार्यक्रममा आपसि सदभावका साथ रंग दल्दै होली पर्ब पनि मनाईएको थियो ।

प्रतिकृया दिनुहोस

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको अध्यक्षमा थापा निर्वाचित

 पृथ्विराजर्माग अन्र्तगत खैरेनिटार बजारको दायाँ वायाँको भागमा शनिवार सरसफाई गरिएको छ । कपडा फेन्सी तथा कस्मेटिक व्यवसायीक संघ खैरेनिटारको

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको अध्यक्षमा थापा निर्वाचित

पृथ्वीराजमार्ग अन्र्तरगत तनहुँको सदरमुकाम दमौली नजिक मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय परिएको छ । उक्त बम नेपाली सेनाको वम

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको अध्यक्षमा थापा निर्वाचित

तनहुँको दमौलीमा रहेका सामाजिक क्षेत्रमा  क्रियाशिल युवाहरुको भेलाले लायन्स क्लब अफ तनहुँ दमौली गठन गरेका छन् । क्लबको संस्थापक अध्यक्षमा दमौली