अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यमबाट सेयर आवेदन दिन सकिने

अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यमबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सि-आस्वा प्रणाली भनिन्छ ।

यो प्रणालीबाट सेयर आवेदन दिनका लागि लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सि-आस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनु पर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेरमा भेरिफिकेशन गरिदिनेछ र लगानीकर्तालाई एउटा भेरिफिकेशन कोड CRN (C-ASBA Registration Number) नम्बर दिनेछ । यहि कोड नम्बर प्रयोग गरी लगानीकर्ताले अब उप्रान्त बैंकमा नगई नै हरेक पटक IPO, FPO, Mutual Fund र Right share घरमै बसी-बसी भर्न सक्नेछ्न ।

सि-आस्वाबाट सेयरमा आवेदन दिनका लागि निम्न चरण पूरा गर्नु पर्दछ:

१. सर्वप्रथम तपाईहरुले तपाईंहरुको बैंक खाता भएको बैंक मा गएर CRN नम्बर लिनुपर्छ, त्यस पछि DMAT खाता भएको ब्रोकर वा बैंक मा गएर DMAT अनलाइन सेवा लिनुहोस् ।

२. दोस्रो चरणमा मोबाईल वा कम्प्युटरमा गएर www.meroshare.cdsc.com.np हान्नुहोस्, त्यसपछि एउटा कोठा खुल्नेछ । फारमको सुरुको कोठामा DMAT खाता खोलेको संस्था छनौट गर्नुहोस्, दोस्रो कोठामा DMAT अनलाईन सेवा लिँदा दिएको LOGIN ID Type गर्नुहोस् र अन्तिम कोठामा पासवर्ड हान्नुहोस र Login मा क्लिक गर्नुहोस । त्यस पछि अर्को कोठा खुल्छ ।

३. अब current issue मा क्लिक गर्नुहोस्, त्यसपछि IPO FPO Right share र Mutual Fund जारी गरेका कम्पनीहरुको List देखाउने छ ।

४. अब तपाईले कुन कम्पनीको सेयर आवेदन दिने हो, त्यसको Apply मा क्लिक गर्नुहोस त्यस पछी एउटा फारम खुल्नेछ ।
यो फारमको सुरुको कोठामा कती कित्ता सेयर हाल्ने हो, हान्नुहोस । जस्तै ५० कित्ता हान्नुहोस, दोस्रो कोठामा स्वत रकम आउने छ, तेस्रो कोठामा तपाईले सि-आस्वा सुबिधा लिएको बैंक छनौट गर्नुहोस्, शाखा र खाता नम्बर स्वतः आउनेछ र अन्तिम कोठामा CRNनम्बर हान्नुहोस र Apply मा क्लिक गर्नुहोस्, त्यसपछि फारम खुल्नेछ ।

यो फारमको अन्तिम कोठामा जब तपाईले माथि Apply गर्नुहुन्छ, तपाईंको ईमेलमा एउटा कोड नम्बर आउँछ, त्यो कोड नम्बरलाई यो फारमको अन्तिम कोठामा पेस्ट वा Type गर्नुहोस, Type गर्नलाई मोबाईलको screen rotation गर्नुपर्छ र अन्तिममा confirm गरिदिनुहोस ।

५. अब तपाईंको सेयर आवेदन सफल भयो भनेर message आउने छ ।
सेयर आवेदन गरिसकेपछि check application report मा क्लिक गर्नुहोस्, त्यहाँ बैंकले खाताको रकम Check गरेर रोक्का नगरेसम्म unverified भनेको हुन्छ, खाताको रकम रोक्का गरेपछि मात्र verified हुन्छ ।

६. अब Check application Report मा क्लिक गर्नुहोस् ।
एकजना ब्यक्तिले एकपटकमा एउटा IPO तथा FPO मा आवेदन दिन सक्छन् । सफ्टवेयरले लगानीकर्ताको सम्पूर्ण विवरणको रेकर्ड राख्ने हुनाले एक भन्दा बढी आवेदन दिन खोजेमा सफ्टवेयरले अटोमेटिक रूपमा त्यो आवेदन खारेज गरिदिन्छ ।

यसरी तपाईहरुले घरमै बसी IPO,FPO र Right Share मा सजिलै आवेदन दिन सक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस

अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यमबाट सेयर आवेदन दिन सकिने

प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापन प्रमुख सञ्चालन अधिकृत(सीओओमा)दिनेश थकाली नियुक्त हुनुभएको छ । थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु

अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यमबाट सेयर आवेदन दिन सकिने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखा विस्तार गरेको छ । एकै दिन शुक्रवार

अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यमबाट सेयर आवेदन दिन सकिने

काठमाण्डौको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने