रसुवागढी र साञ्जेनको आइपिओमा शुक्रबारदेखि अावेदन खुला हुँदै

धितोपत्र बजारमा शुक्रबारदेखि दुई अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् ।

दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका ६ लाखभन्दा बढी सञ्चयकर्ता, सञ्चयकोषका कर्मचारी तथा रसुवाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीले शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

रसुवागढी आयोजनाका प्रमुख माधव कोइरालाका अनुसार साधारण शेयर निष्कासनको सम्पूर्ण प्रक्रिया पूरा भएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीका रुपमा रहेका साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीले एकै पटक एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने भएपछि आवेदनकर्तालाई समेत सहज हुने विश्वास लिइएको आयोजना प्रमुख कोइरालाको भनाइ छ ।

ती दुवै आयोजनामा कर्मचारी सञ्चयकोषको लगानी भएकाले कोषमा कार्यरत कर्मचारीले भने अरु सञ्चयकर्ताको तुलनामा बढी शेयर पाउने छन् । रसुवागढीका लागि बढीमा ५०० कित्ता शेयर आवेदन गर्ने व्यवस्था मिलाइएको छ । कोषका कर्मचारीले भने दुई हजार ५०० कित्तासम्म साधारण शेयरमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीलाई एक अर्ब ६४ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्नेछ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

रसुवागढी हाइड्रोको साधारण शेयर निष्कासनको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड रहेका छन् ।

रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्कासन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी  एक अर्ब ७५ करोड रुपैयाँ  बराबरको साधारण शेयर बिक्री गर्नेछ ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीले ८७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर शुक्रबारदेखि बिक्री गर्नेछ । सो कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । 

सञ्चयकर्ताले साञ्जेन जलविद्युत् कम्पनीको बढीमा ३०० कित्ता शेयर आवेदन गर्न सक्नेछन् भने 

रसुवामा नै सो कम्पनीले १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ ।

आयोजना प्रमुख किरण श्रेष्ठले सबै तयारी सकिएकाले अब शुक्रबारदेखि साधारण शेयर बिक्री गरिने जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

रसुवागढी र साञ्जेनको आइपिओमा शुक्रबारदेखि अावेदन खुला हुँदै

काठमाण्डौको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने

रसुवागढी र साञ्जेनको आइपिओमा शुक्रबारदेखि अावेदन खुला हुँदै

प्रदेश नं ४ को सरकारले आव ०७४÷०७५ वाकी अवधिको लागि वुधवार बजेट तथा कार्यक्रम ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले

रसुवागढी र साञ्जेनको आइपिओमा शुक्रबारदेखि अावेदन खुला हुँदै

तनहुँ बैशाख १२। दिवाकर भण्डारी सांग्रीला डेभलपमेन्ट बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई चुक्त्ता पूँजीकाे २.५० प्रतिशत बोनस