शुक्लागण्डकी नगरपालीका वडा नम्वर १२ मा कृषि प्रदर्शनी केन्द्र निर्माण गरिने

शुक्लागण्डकी नगरपालीका वडा नम्वर १२ मा कृषि प्रदर्शनी केन्द्र निर्माण गरिने भएको छ । वडा नम्वर १२ स्थित लिलाचोकमा रहेको करिव ३८ रोपनि क्षेत्रफलमा फैलिएको जग्गामा प्रदर्शनी केन्द्र निर्माण गरिने जनाईको छ । प्रदर्शनीको एक कार्यक्रमका विच शिलन्यास गर्दै प्रदेश सांसद आशा कोइरालाले राज्यको नाउँमा रहेको सार्वजनिक जग्गामा जनताले उत्पादनक मुलक कार्यमा प्रयोग गर्न दिनु पर्ने भन्दै कृषि प्रदर्शनीको निर्माणका लागि सबैले साथ दिनुपर्ने बताउनुभयो । केहि व्यक्तिहरुले अबैधानिक रुपमा कब्जा गरेको जग्गालाई वडाको मातहमा ल्याएर कृषि प्रदर्शनी केन्द्र निर्माणलाई तिव्रता दिएको वडा अध्यक्ष मनराज गुरुङ्गले जानकारी दिनुभयो । उहाँले आफ्नो वडा भित्र सुकुम्वासीको नाउँमा कब्जा गरिएका जग्गाहरुको छानविन गरि वडाको मातहतमा ल्याइने बताउनुभयो । त्यस्तो प्रकृतिको जग्गामा माछा पालन प्रदेर्शकै भलिबल कोर्ट निमाण लगायत पर्यटकिय ,कृषि र खेलकुदको लागि नमुना क्षेत्र निर्माण गरिने उहाँको भनाई रहेको थियो । निर्माण गर्न लागिएको कृषि प्रदर्शनी केन्द्रमा गाई फर्म , माछापालन ,तरकारी उत्पादन ,लोकल कुखुरा र नर्सरी निर्माण गर्न लागिएको छ । केन्द्रका लागि करिव ५० लाख बजेट लाग्ने अनुमान गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस

शुक्लागण्डकी नगरपालीका वडा नम्वर १२ मा कृषि प्रदर्शनी केन्द्र निर्माण गरिने

    झिँगाले ब्याक्टेरिया तथा भाइरसलगायतका जिवाणुहरु सार्ने तथ्य त विदितै छ । तर झिँगाले घातक परजीवीहरु पनि मानिसमा सार्ने तथ्य वैज्ञानिकहरुले