बुधबार नेपालले क्यानडासँग खेल्दै

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को लिग चरणको अन्तिम खेलमा बुधबार नेपालले क्यानडासँग खेल्दैछ ।

६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा रहने टिमले अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्न पाउने भएकाले यो खेलमा नेपाललाई जितको विकल्प छैन ।

नेपाल अन्तिम खेल खेल्नुअघि तेस्रो स्थानमा छ । शीर्ष स्थानको क्यानडा, दोस्रो स्थानको नामिबियासँगै नेपालको समान ६/६ अंक भएपनि रनरेटमा नेपाल पछि पर्दा तेस्रो स्थानमा धकेलिएको हो ।

क्यानडासँगको खेलमा पराजित हुँदा नेपालले स्वतः विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ ।

बुधबार नै नामिबिया र युएई भिड्दैछन् । नेपाल र नामिबिया दुवै टिमले हार्दासमेत रनरेटमा युएई राम्रो भएकाले युएई छानिनेछ ।

केन्या र ओमान भने एक खेल खेल्नुअघि नै होडबाट बाहिरिइसकेका छन् ।

नेपालले यसअघि नामिबिया, युएई र केन्यालाई हराएको थियो भने ओमानसँग हार व्यहोरेको थियो ।

क्यानडासँग खेल्नुपूर्व नेपाली टिमका प्रशिक्षक जगत टमाटाले क्यानडाविरुद्ध उत्कृष्ट खेल पस्किने बताएका छन् ।

उनले खेलाडीहरुमा आत्मविश्वास बढी भएकाले खेलमा सकारात्मक परिणाम आउने विश्वास लिएका छन् ।

बुधबारको खेलमा पनि स्पीन बलर सन्दीप लामिछानेबाट धेरै आशा गरिएको छ । उत्कृष्ट खेल्नेक्रममा सन्दीपले केन्याविरुद्ध ५ सहित चार खेलबाट १४ विकेट लिइसकेका छन् ।

प्रतिकृया दिनुहोस

बुधबार नेपालले क्यानडासँग खेल्दै

पुतलीबजार नगरपालिका ७ लुम्छाक स्याङजामा  हरिबोदनी एकादसीको अबसरमा गाउ स्तरिय पुरुष भलिवल प्रतियोगिता ,यबम खुल्ला छेलो प्रतियोगिता, ५० बर्ष माथिको

बुधबार नेपालले क्यानडासँग खेल्दै

शुक्लागण्डकी महोत्सवमा सोमवार देखि खुल्ला भलिबल प्रतियोगिता शुरु हुने भएको छ । भलिबल प्रतियोगीतामा १७ टीमको सहभागीता रहेको जनाइएको छ । खुल्ला भलिवल

बुधबार नेपालले क्यानडासँग खेल्दै

बुधबारदेखि प्रथम भिमाद नगरपालिका मेयर कप सुरु भएको छ । भिमाद नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनमा भिमाद रंगशालामा सुरु कपको उद्धघाटन