दक्षिण अफ्रिकामा सत्तारुढ दलबाटै राष्ट्रपति जुमाको राजीनामा माग

दक्षिण अफ्रिकामा राष्ट्रपति ज्याकोब जुमाको राजीनामा मागिएको छ ।

सत्तारुढ दल अफ्रिकन नेसनल कंग्रेसले भ्रष्टाचारको आरोप लागेका राष्ट्रपति ज्याकोब जुमाको राजीनामा माग गरेको हो ।

सोमबार राति अबेरसम्म चलेको बैठकमा पद त्याग्न अस्वीकार गरेपछि अधिकांश सदस्यले राष्ट्रपति जुमाको राजीनामा मागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत डिसेम्बरमा पार्टी प्रमुखमा सिरिल रामापोसा चुनिएपछि राजीनामा दिन जुमामाथि दबाब पर्दै आएको थियो ।

राजीनामाबारे अफ्रिकन नेसनल कांग्रेसका १०० भन्दा बढी वरिष्ठ नेताले १३ घन्टा छलफल गरेका थिए ।

सन् २००९ पछि राजनीतिको नेतृत्वमा रहेका ७५ वर्षीय जुमामाथि पटक–पटक भ्रष्टाचारको आरोप लाग्दै आएको छ ।

सन् २०१६ मा निजी घरमा सरकारी पैसा खर्च गरेर फिर्ता नगर्दा अफ्रिकी उच्च अदालतले जुमाले संविधानको उल्लंघन गरेको जनाएको थियो । (एजेन्सी)

प्रतिकृया दिनुहोस

दक्षिण अफ्रिकामा सत्तारुढ दलबाटै राष्ट्रपति जुमाको राजीनामा माग

साउदी अरेबियाले परमाणु बम बनाउने चेतावनी दिएको छ । साउदी अरबका रक्षामन्त्री समेत रहेका युवराज मोहम्मद बिन सलमानले मध्यपूर्वी क्षेत्रमै रहेको

दक्षिण अफ्रिकामा सत्तारुढ दलबाटै राष्ट्रपति जुमाको राजीनामा माग

कहिले आकाशबाट माछा खसेको, कहिले गड्यौला खसेको खबर प्रकाशमा आउने गर्दछ । तर आकाशबाट सुन, हिराजस्ता बहुमूल्य धातु वर्षिएको घटना सायदै आउने गर्दछ

दक्षिण अफ्रिकामा सत्तारुढ दलबाटै राष्ट्रपति जुमाको राजीनामा माग

अमेरिकाको मायामी शहरमा पैदलयात्रीका लागि निर्माण गरिएको एउटा आकाशे पुल भत्किंदा कम्तिमा चार जनाको मृत्यु भएको छ । फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटी