एघारौं खैरेनीटार महोत्सव चैत्र २२ देखि हुने


“आर्थिक , सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण ” भन्ने मुल नाराकासाथ  तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाईले चैते दशैंलाई केन्द्रमा राखेर गर्ने एघारौं खैरेनीटार महोत्सव यहि मिति २०७५ चैत्र २२ गते देखि मिति २०७६ बैशाख ३ गते सम्म गर्ने जनाएको छ ।

        महोत्सव आयोजकले एघारौं संस्करणको खैरेनीटार महोत्सव सफल पार्नको लागि सम्पूर्ण स्थानिय, उद्योगी व्यवसायी, राजनीतिज्ञ, जातजाति, पेशागत संगठन, भाषाभाषी, समाजसेवी, आमासमूह, पत्रकार, आमसञ्चार माध्यम लगायत सबैको सहयोगको अपेक्षा गरेको छ । आयोजकका अनुसार अन्य महोत्सव भन्दा एघारौं महोत्सव  भिन्न हुने समेत जनाएको छ ।

        यस्तै, एघारौं खैरेनीटार महोत्सव सफल पार्नको लागि मुल संयोजक खैरेनीटार बजार इकाईका सभापति पूर्ण बहादुर कायस्थ, सहसंयोजक शुक्लागण्डकी नगरपालिकाका प्रमुख किशान गुरुङ्ग, खैरेनीटार बजार इकाईका पूर्व सभापतिहरु हरि कुमार श्रेष्ठ, रामलाल मल्ल, समुन्द्रराम श्रेष्ठ, रामलाल हिराचन, हरि बहादुर थापा, अर्जुन कुमार  श्रेष्ठ, उपसभापति सुजित हिराचन,  सचिव गंगाराम श्रेष्ठ, कोषाध्यक्ष सुजन श्रेष्ठ र सदस्यहरु अमृत घिमिरे, प्रेम बहादुर श्रेष्ठ र केश बहादुर गुरुङ्ग(महादेव), राज बहादुर थापा रहेको निर्णायक समिति चयन गरिएको छ ।

खैरेनीटार बजार इकाईका सभापति पूर्ण बहादुर कायस्थको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव गंगाराम श्रेष्ठले गरेका थिए ।

प्रतिकृया दिनुहोस

एघारौं खैरेनीटार महोत्सव चैत्र २२ देखि हुने

सांग्रिला डेभलपमेन्ट बैंकको १४ औँ बार्षिक साधरण सभा सम्पन्न भएको छ । साधारण सभाले बैकको संञ्चालक समितिको अध्यक्षमा अच्युत प्रसाद प्रसाइलाई चयन

एघारौं खैरेनीटार महोत्सव चैत्र २२ देखि हुने

यहि पुस ९ गते देखि  शुक्लागण्डकीमा प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईले पुस ९ गतेदेखी १८

एघारौं खैरेनीटार महोत्सव चैत्र २२ देखि हुने

दिवाकर भण्डारी संग्रिला डेभलपमेन्ट बैकले नबनियुक्त कर्मचारीलाई १० दिने अभिमुखिकराण तथा बैकिङ्ग तालिम प्रदान गरि काममा खटाएको छ । यहि असोज ७ गते