संस्थाको बार्षिकोत्सवमा दलित बिद्यार्थीलाई शैक्षिक सामाग्रि र न्यानो कपडा वितरण


शुभकामना बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो १३ औँ बार्षिकोत्सव पारेर अर्चलथुम प्राथमिक विद्यालयमा शैक्षिक सामाग्रि तथा न्यानो कपडा वितरण गरेको छ ।
संस्थाले एक कार्यक्रमको आयोजान गरेर शुक्लागण्डकी ७ अर्चलेमा रहेको अर्चलथुम प्राथमिक विद्यालयका ४० जना विद्यार्थीलाई सो सामाग्रि वितरण गरेको जनाईएको छ ।
विद्यालयमा ९० प्रतिशत दलित विद्यार्थी रहेका छन् ।
दलित बालबालिकाको शिक्षाको लागि केहि राहत मिलोस् भन्ने उदेश्यले शैक्षिक सामाग्रि वितरण गरेको संस्थाका अध्यक्ष ऋषि बहादुर बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम मरासनी , प्रधानाध्यापक सुमित्रा बराल , सहकारी संस्थाका निवर्तमान अध्यक्ष एवं सल्हाकार खेमराज खनाल ,सस्थाका प्रबन्धक मुर्ति मंगल रिमाल लगायतले बोेल्नु भएको थियो ।
सहकारीका अध्यक्ष बस्नेतको सभापतित्वमा सम्पन कार्यक्रमको सञ्चालन सचिव विष्णु गौतमले गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीका २५ जना सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

संस्थाको बार्षिकोत्सवमा दलित बिद्यार्थीलाई शैक्षिक सामाग्रि र न्यानो कपडा वितरण

कमल मोहन घिमिरे खैरेनी माध्यमिक विद्यालय, शुक्लागण्डकी वडा नं.–६, खैरेनीटार, तनहुँको ५०  औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह एवम् स्वर्ण

संस्थाको बार्षिकोत्सवमा दलित बिद्यार्थीलाई शैक्षिक सामाग्रि र न्यानो कपडा वितरण

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले वर्तमान शिक्षा नीतिमा आमुल परिवर्तन गर्न जरुरी रहेको भन्दै व्यवसायीक र

संस्थाको बार्षिकोत्सवमा दलित बिद्यार्थीलाई शैक्षिक सामाग्रि र न्यानो कपडा वितरण

खैरेनी माध्यामिक विद्यालय शुक्लागण्डकी ६ खैरेनिटारले आफनो ५० बर्ष पुरा गरेको अबसरमा स्वर्ण महोत्सव मनाईरहेको छ । महोत्सव मनाउने क्रममा बुधबार