प्रथम शुक्लागण्डकी महोत्सव सोमबार देखि दुलेगौँडामा सुरु , प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने मुख्य मन्त्री गुरुङको दावि ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बिसुब्बा गुरुङ्गले अबको ५ बर्ष भित्र प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने बताउनुभएको छ । यस क्षेत्रमा रहेको उत्पादनशिल भुमि बाँझिँदै गएको प्रति चिन्ता गर्दै उहाँले अबका दिनमा उर्वर भुमिमा व्यवसायिक रुपमा कृषिकार्यक्रम मार्फत अगाडी बढ्ने बताउनुभयो ।  तनहुँको दुलेगौँडा बजारमा सोमवार देखि सुरु भएको प्रथम शुक्लागण्डकी महोत्सब २०७५ को उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले कृषि क्षेत्रको विकासका  लागि  नमुनाका  रुपमा मुख्यमन्त्री स्मार्ट  कृषि  भिलेज कार्यक्रम अगाडि बढाएको पनि जानकारी दिनुभयो । मुख्यमन्त्री स्मार्ट कृषि भिलेज कार्यक्रम अन्तरगत तत्काल प्रत्येक निर्वाचन  क्षेत्रका  एक÷एक  वटा गाउँमा पाइलट प्रोजेक्टका रुपमा नयाँ प्रविधिका आधारमा व्यवसायीक कृषि कार्यक्रम अगाडी बढाउने उहाँको भनाई थियो । अहिले हाम्रो प्रदेश पर्यटकी क्षेत्रवाट मात्रै परिचित छ अब कृर्षिबाट पनि बनाउनु पर्छ उहाँले भन्नु भयो । उहाँले पोखरा संगै जोडिएको शुक्लागण्डकी नगरपालीकामा विकासका धेरै सम्भावना रहेको भन्दै स्थानीय  अग्रसर नभएसम्म  विकास असम्भव  रहेको  बताउनुभयो ।
 कार्यक्रममा राष्ट्रिय सभासदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्य आशा कोइराला, मोहन रेग्मी, प्रदेशका प्रमुख सचिवलक्ष्मीराम पौडेल, प्रमुख जिल्ला अधिकारीभरतकुमार  शर्मा,  शुक्लागण्डकीनगरपालिकाका प्रमुख किसान गुरुङ, लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
आयोजक  मुल  समरोह समितिका संयोजक एवं तनहुँ उद्योग वाणिज्यसंघ  दुलेगौंडा  बजार  एकाइ  सभापति राजकुमार वाग्लेको सभापतित्वमा समुद्घाटन कार्यक्रम सम्पन भएको थियो ।
 पुस १८ गतेसम्म  सञ्चालन  हुने महोत्सवमा पाँच करोड रुपैयाँ बराबरकोआर्थिक कारोवार हुने र तीन लाख दर्शकलेअवलोकन गर्ने अनुमान आयोजकले गरेकोप्रवक्ता हरिबहादुर खड्काले बताउनुभयो । महोत्सव उद्घाटन अगाडि शुक्लागण्डकी नगरपालीका भित्रका विभिन्न स्थानबाट आएका झाँकिका समुहले दुलेगौडा बजारको परिक्रमा गरेका थिए ।

प्रतिकृया दिनुहोस

प्रथम शुक्लागण्डकी महोत्सव सोमबार देखि दुलेगौँडामा सुरु , प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने मुख्य मन्त्री गुरुङको दावि ।

कमल मोहन घिमिरे खैरेनी माध्यमिक विद्यालय, शुक्लागण्डकी वडा नं.–६, खैरेनीटार, तनहुँको ५०  औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह एवम् स्वर्ण

प्रथम शुक्लागण्डकी महोत्सव सोमबार देखि दुलेगौँडामा सुरु , प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने मुख्य मन्त्री गुरुङको दावि ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले वर्तमान शिक्षा नीतिमा आमुल परिवर्तन गर्न जरुरी रहेको भन्दै व्यवसायीक र

प्रथम शुक्लागण्डकी महोत्सव सोमबार देखि दुलेगौँडामा सुरु , प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने मुख्य मन्त्री गुरुङको दावि ।

खैरेनी माध्यामिक विद्यालय शुक्लागण्डकी ६ खैरेनिटारले आफनो ५० बर्ष पुरा गरेको अबसरमा स्वर्ण महोत्सव मनाईरहेको छ । महोत्सव मनाउने क्रममा बुधबार