पुस ९ गते देखि शुक्लागण्डकीमा प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने

यहि पुस ९ गते देखि  शुक्लागण्डकीमा प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईले पुस ९ गतेदेखी १८ गतेसम्म प्रथम शुक्लागण्डकी महोत्सव गर्ने लागेको हो  । महोत्सवको शनिवार दुलेगौँडामा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको थियो ।“व्यापारिक, सांस्कृतिक, कृषि पर्यटकीय विकासको नारा, प्रथम शुक्लागण्डकी महोत्सवको अभिभारा” भन्ने नाराका साथ आयोजना हुने महोत्सवले समग्र शुक्लागण्डकी क्षेत्रलाई समेट्ने  छ ।
 महोत्सवमा प्रसिद्ध दोरबाराही मन्दिर, तिनखोलेदेवी मन्दिर,शिद्धेश्वरी मन्दिर, शिव पाञ्चायन मन्दिर, भुलभुले बाराही, फूल बाराही, बाघ भैरव, कालिका मन्दिर, मुक्तिनाथ च्यवनधाम लगायतका धार्मिक स्थल अवलोकन, थप्रेककोट, भुजिकोट, रजस्थल जस्ता ऐतिहासिक स्थल र भुजिकोट भ्यु टावर, सेती नदीको किनार पुल्चोक स्थित रक गार्डेन समेत अवलोकनको व्यवस्था गरिने दुलेगौडा इकाईका सभापति राजकुमार वाग्लेले बताउनुभयो  । । फिरफिरेमा रहेको ढोर लामागाँउ र घरेडी होमस्टेमा खाना बस्ने व्यवस्था सहित १ रात २ दिनको प्याकेजमा मिलेनियम पद यात्रा लार्इ समेत राखिएको आयोजकले जनाएको छ  ।
महोत्सवमा विविध साँस्कृतिक झाकीँ सहितको पदयात्रा, राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती, धार्मिक तथा ऐतिहासिक स्थलको पदयात्रा, विद्यालयस्तरीय नृत्य, शुक्लागण्डकी आइडल, बालउद्यान तथा रमाइलो मेला, पुष्प प्रदर्शनी, अटोमोवाइल प्रदर्शनी, लाईभ कन्सर्ट, खुल्ला लोकदोहोरी प्रतियोगिता, स्वास्थ्य शिविर, खेलकुद लगायतका रहेका छन् ।
महोत्सवमा २ सय स्टल रहने महोत्सवका प्रवक्ता हरि बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

पुस ९ गते देखि शुक्लागण्डकीमा प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने

सांग्रिला डेभलपमेन्ट बैंकको १४ औँ बार्षिक साधरण सभा सम्पन्न भएको छ । साधारण सभाले बैकको संञ्चालक समितिको अध्यक्षमा अच्युत प्रसाद प्रसाइलाई चयन

पुस ९ गते देखि शुक्लागण्डकीमा प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने

“आर्थिक , सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण ” भन्ने मुल नाराकासाथ  तनहुँ

पुस ९ गते देखि शुक्लागण्डकीमा प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने

दिवाकर भण्डारी संग्रिला डेभलपमेन्ट बैकले नबनियुक्त कर्मचारीलाई १० दिने अभिमुखिकराण तथा बैकिङ्ग तालिम प्रदान गरि काममा खटाएको छ । यहि असोज ७ गते