तनहुँ सेवा समाज युएईद्वारा मृगौला रोगी प्रकाश परियारलाई आर्थिक सहयोग

सुरिन भुजेल ,२७ कार्तिक, युएई

तनहुँ स्थायी बसोवास भै युएईमा कार्यरत तनहुँबासिको साझा संस्था तनहुँ सेवा समाज युएईको पहलमा भानु नगरपालिका वाड नम्बर ७ का  प्रकाश परियारलाई  मृगौला उपचारकोलागी एक लाख पाँच रुपैया सहयोग प्रदान गरेको छ ।


परदेशबाट भएपनी आफ्नो समाजलाई केही गर्ने उद्देश्यले स्थापित समाजले स्थापनाको छोटो समयमा विभिन्न सामाजिक कार्यमा सहयोग पुर्‍याउदै आएको छ। यसै शिलशिलामा मृगौला पिडित परियारलाई आर्थिक सहयोग प्रदान गरिएको प्रकाश परियार बचाउ अभियानका संयोजक एवं समाजका सल्लाहकार श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो ।

युएईमा संकलित सहयोग रकम राष्ट्रीय टेलिभिजन “इन्द्रेणी” कार्यक्रम मार्फत राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपालका केद्रीय सदस्य राजु ढकाल,देबी घर्ती,बिण्णु हरी आचार्य “इन्द्रेणी”टेलिभिजनका सन्चालक तथा बरिष्ट गायक कृण्ण कडेल ज्यू लगायत सम्पूर्ण “इन्द्रेणी”टिम मार्फत परिवारलाई हस्तान्तरण गरिएको समाजका सचिव सुरिन भुजेलले जानकारी दिनुभयो ।


दुबै मृगौला खराव भै उपचाररत परियारलाई चिकित्सकले मृगौला प्रत्यारोपण गर्नु पर्ने बताउनु भएको थियो । मृगौला प्रत्यारोपणकालागी ठूलो धन राशी खर्च हुने तर परिवारको कमजोर आर्थिक अवस्थाले सम्भव नभएपछी आफ्नो जीवन रक्षाकोलागि सहयोगको अपिल गर्दै आउनु भएको थियो । सहयोग अपिल पछि विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट सहयोग जुटन थालेको हुँदा मृगौला प्रत्यारोपण हुनेमा आशा पलाएको परिवारले बताएका छन।

 

 

प्रतिकृया दिनुहोस

तनहुँ सेवा समाज युएईद्वारा मृगौला रोगी प्रकाश परियारलाई आर्थिक सहयोग

पुतलीबजार नगरपालिका ७ लुम्छाक स्याङजामा  हरिबोदनी एकादसीको अबसरमा गाउ स्तरिय पुरुष भलिवल प्रतियोगिता ,यबम खुल्ला छेलो प्रतियोगिता, ५० बर्ष माथिको

तनहुँ सेवा समाज युएईद्वारा मृगौला रोगी प्रकाश परियारलाई आर्थिक सहयोग

मगर भाषा लिपी भेषभुषा सँस्कृती संरक्षण गरौ" कला सिप साहित्य र प्रतिभालाई प्रबर्दन गरौ" भन्ने मुल उदेस्यले नेपाल मगर संघ सुक्लागन्डकी नगर समिती

तनहुँ सेवा समाज युएईद्वारा मृगौला रोगी प्रकाश परियारलाई आर्थिक सहयोग

बिभिन्न बर्ग र उमेर समुहको लागि सौन्दर्य तथा प्रतिभा प्रदर्सनीमुलक प्रतियोगिता आयोजना गर्दै आईरहेको   रोयल आर्किनी हाउस प्राइभेट लिमिटेड को