ठाडोखोला खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा समाजसेवि प्रा.डा चन्द्र बहादुर थापा चयन

तनहुँ १७ कार्तिक । सुनिता डोटेल
ठाडोखोला खानेपानी उपभोक्ता तथा सरसफाई समिति शुक्लागण्डकी ५ को १७ औँ साधरण सभा तथा ५ औँ अबिधेशनबाट अध्यक्षमा शिक्षाविद एंवम समाजसेवि प्रा.डा चन्द्रबहादुर थापा चयन हुनुभएको छ ।
शनिवार शुक्लागण्डकी नगरपालीका ५ स्थित शिव नगरमा झरौटामा भएको अबिधेशनवाट प्राध्यापक डाक्टर चन्द्र बहादुर थापा अध्यक्षमा चयन हुनुभएको हो ।
यस्तै समितिको उपाध्यक्षमा डिल बहादुर ढकाल ,सचिवमा बुद्धिसागर गिरी र कोषध्यक्षमा जित बहादुर थापा चयन हुनेभएको संस्थाले जनाएको छ ।
सदस्यहरुमा होम बहादुर राउत,तारा अधिकारी नारायणदत्त वाग्ले ,पहल सिं वि.क ,दुर्गा कुमार श्रेष्ठ मन कुमारी रानाभाट र डम्वर बहादुर थापा चयन हुनुभएको छ ।
अधिबेशनवाट लेखा समितिको संयोजकमा देवलाल खनाल तथा सदस्यमा र्धमराज पौडेल र मंगला राना छनौट हुनुभएको छ भने सल्हाकार समितिको संयोजकमा नवदत्त ढकाल सदस्यमा रामकुमारी भुसाल र विमला पौडेले रहनुभएको छ ।
यस आगाडी साधरण सभाको उद्घाटनका क्रममा प्रमुख अथिति वडा नम्वर ५ का वडा अध्यक्ष दिर्घबहादुर थापाले दिपावली ,छठ तथा नेपाल सम्वतको उपलक्ष्मा शुभकामना व्यक्त गर्दै ठाडोखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई वडाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खर्च र आम्दानी तथा समितिको अन्य गतिविधिका बारेमा उपभोक्तालाई जानकारी गराउनका लागि मोवाईल एप्स बनाएको खण्डमा निकै प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा समितिका सदस्य एवं यसक्षेत्रका सम्माननिय व्यक्तित्य समाजसेवी प्रा.डा चन्द्र बहादुर थापाले शहरीकरण संगै जनघनत्व बढ्दै जाँदा पहिलाको तुलनमा पानीको माग अत्याधिक वृद्धि भएपनि त्यसको पुर्तिपनि गर्न सफल भएको जानकारी दिनुभयो ।
उहाँले आगामी दिनमा आबश्यक खानेपानी समस्या उत्पन्न हुन सक्ने तर्फ इकिंत गर्दै समस्याको निराकरण सबै मिलेर गर्न सकिने बताउनुभयो ।
 उहाँले शहरीकरण संगै जनसंख्या बढ्नु् स्वभाविक भएको भन्दै खानेपानीको समस्या समाधान गदै जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्थानिय समाजेसेवि दुर्गाकुमार श्रेष्ठले उपभोक्ता समितिले विभिन्न अप्ठ्याराहरु लाई सामना गर्दै यहाँ सम्म आउन सफल भएकोमा प्रा.डा चन्द्र बहादुर थापा र समितिको समेत ठुलो हात रहेको भन्दै उहाँलाई धन्यवाद दिनुभएको थियो ।
सो अवसरमा समाज सेवि देबलाल खनाल, शुक्लागण्डकी नागरिक समाजका सचिव बाबुराम बस्नेत उपभोक्ता समितिका सदस्यहरु जित बहादुर थापा ,बेद प्रसाद अधिकारी ,रेशम वि.क ,हरिराज अधिकारी ,कमला भुजेल ,शिव पञ्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष केशव राज अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सदस्य रामकुमारी भुषालले गर्नुभएको थियो भने ०७४÷०७५ को आय व्याय तथा ०७५÷०७६ को अनुमानित बजेट कोषाध्यक्ष डिल बहादुर ढकालले प्रस्तुत गर्नुभएको थियो ।
समितिका अध्यक्ष नवदत्त ढकालको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रमको सञ्चालन सदस्य मंगला रानाले गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

ठाडोखोला खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा समाजसेवि प्रा.डा चन्द्र बहादुर थापा चयन

तनहुँको शुक्लागण्डकी १ कोत्रे बजारमा आयोजना गरेको श्रीमद भागवत धन धान्याचल विराट ज्ञान महायज्ञमा मंगलबार सम्म करिब १६ लाख ४८ हजार दान संकलन भएको छ

ठाडोखोला खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा समाजसेवि प्रा.डा चन्द्र बहादुर थापा चयन

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा

ठाडोखोला खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा समाजसेवि प्रा.डा चन्द्र बहादुर थापा चयन

५० लाख कारोवार गर्दै शुक्लागगण्डकी लायन्स महोत्सव २०७५ आइतबार सम्पन्न भएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले गत असोज १९ गते देखि सञ्चालन