केही अराजक तत्वले सामाजिक सञ्जालमा करका विषयमा नकरात्मक भ्रम फैलाए: मन्त्री गुरुङ

 गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले करका विषयमा भ्रम नफैलाउन सबै संग आग्रह गर्नुभएको छ ।लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टावनको आयोजनमा तनहुँको बलेचौतारमा सञ्चालित शुक्लागण्डी लायन्स महोत्सव २०७५को उद्घाटन गर्दै मन्त्री गुरुङ्गले संघियता विरोधिले करका विषयमा भ्रम फैलाउन खोजेर संघियता असफल बनाउन खोजेको आरोप लगाउनुभयो । संघीयता र नेकपाको सरकार मन नपराउनेहरूबाट करबारे भ्रम फैल्याएर जनतालाई त्रसित पार्ने काम भइरहेको भन्दै सबैलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो । केही अराजक तत्वले सामाजिक सञ्जालमा भ्रम फैलाएर कर तिर्ने धारणा पनि विगारी दिएको मन्त्री गुरुङको  भनाई थियो।  उहाँले  राष्ट्रिय एकताको लागि लायन्स महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने भन्दै नेपालीहरूका बीच धेरै विविधता रहेको छ, त्यो विविधतालाई एकतामा परिणत गर्नका लागि मेला महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सामाजिक सेवावाट सर्मपित क्लबले हिम्मतका साथ महोत्सव सञ्चालन गरेकोले पुर्ण सफलताको कामना समेत गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रेदश सांसद आशा कोईराला ,लायन्स क्लवका डिस्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष हरिबहादुर थापा, नेकपाका नेता चित्रबहादुर थापा नेपाली कांग्रेसका नगरसभापति माधव भट्टराई ,क्लबका संस्थापक अध्यक्ष एवं महोत्सवका प्रवक्ता दुर्गाकुमार श्रेष्ठ लगायतले महोत्सवले स्थानीय भाषा, संस्कृति, व्यवसायको प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो  सामाजिक सेवासंगै आर्थिक विकासका पूर्वधार, शुक्लागण्डकी लायन्स महोत्सव समृद्ध शुक्लागण्डकीको आधारू भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा शनिवार देखि स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ  । टावनका अध्यक्ष एव महोत्सव मुल समारोह समितिका संयोजक प्रदीप थापाले नेपालकै इतिहासमा पहिलो यस महोत्सववाट सामाजिक सेवासंगै आर्थिक विकास लागि आयोजना गरिएको र महोत्सवको मुनाफाको रकम सामाजिक कार्यमा खर्चिने बताउनुभयो ।

महोत्सवको नाफाबाट पाँच सय जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको,शारीरिक अपाङ्गता भएका व्यक्तिलाई हिवयल चियर वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो  । महोत्सव आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लामागाउँ घडेरी र दगाम भुजीकोटमा होमस्टेको व्यवस्था गरिएको महोत्सवका प्रबक्ता दुर्गा कुमार श्रेष्ठले जानकारी दिनुभयो  ।
उद्घाटन समारोहका अवसरमा शुक्लागण्डकी नगरपालिका भित्र वसोवास गर्ने विभिन्न जातजाति, समुदायले आफ्नो पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृतिक झाँकी सहितको र्यालि निकालिएको सांस्कृतिक समितिका संयोजक विष्णु रानाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

केही अराजक तत्वले सामाजिक सञ्जालमा करका विषयमा नकरात्मक भ्रम फैलाए: मन्त्री गुरुङ

तनहुँको शुक्लागण्डकी १ कोत्रे बजारमा आयोजना गरेको श्रीमद भागवत धन धान्याचल विराट ज्ञान महायज्ञमा मंगलबार सम्म करिब १६ लाख ४८ हजार दान संकलन भएको छ

केही अराजक तत्वले सामाजिक सञ्जालमा करका विषयमा नकरात्मक भ्रम फैलाए: मन्त्री गुरुङ

तनहुँ १७ कार्तिक । सुनिता डोटेल ठाडोखोला खानेपानी उपभोक्ता तथा सरसफाई समिति शुक्लागण्डकी ५ को १७ औँ साधरण सभा तथा ५ औँ अबिधेशनबाट अध्यक्षमा

केही अराजक तत्वले सामाजिक सञ्जालमा करका विषयमा नकरात्मक भ्रम फैलाए: मन्त्री गुरुङ

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा