क्षेत्री समाज शुक्लागण्डकी स्तरिय परिचयात्मक तथा दर खाने कार्यक्रम

 क्षेत्री समाज शुक्लागण्डकी स्तरिय परिचयात्मक तथा दर खाने कार्यक्रम
सुनिता डोटल ।
क्षेत्री समाज शुक्लागण्डकी स्तरिय परिचयात्मक तथा दर खाने कार्यक्रम बुधवार नेवार समाज भवन दुलेगौँडामा सम्पन्न भएको छ । कार्यक्रमममा तनहुँको शुक्लागण्डकी नगरपालिकामा बसोबास गर्ने  नगरभित्रका १२ वटै वडाका क्षेत्रीहरु उल्लेखिनिय सहभागिता रहेको थियो । आफ्नो जातीय पोशाक तथा भेषभुषामा सहभागि क्षेत्रीहरुले आफ्नो हक हितका लागि सधैँ अगाडि बढ्नेमा जोड दिएका थिए ।


कार्यक्रमको उद्घाटन गर्दै क्षेत्री समाज नेपालका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्र बहादुर थापाले क्षेत्री समुदायहरु आफ्नो संस्कृतिको जगेर्नाको लागि सचेत बन्नु पर्र्ने बताउनुभयो । उहाँले नेपालको जातिय पहिचान र संस्कृतिको चौतर्फी रुपमा आक्रमण भएको अवस्थामा यसको जर्गेनाको लागि एक हुनको विकल्प नरहेको वताउनुभयो । उहाँले क्षेत्री समुदायले राजतिनि संगै अन्य क्षेत्रमा पनि आफ्नो अस्थित्व कायम राख्नका लागि सधैँ सजक बन्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समाजका केन्द्रिय महिला उपाध्यक्ष उर्मिला खड्काले  आफ्नो जातिय संस्कार एवं संकृतिको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा क्षेत्री समाज नेपाल तनहुँका अध्यक्ष क्याप्टेन भरत बहादुर अधिकारी ,क्षेत्री समाज नेपाल खैरेनीटारका अध्यक्ष श्याम बहादुर केसी लगायतले जातीय एकतामा जोड दिएका दिनुभएको थियो । कार्यक्रममा स्वागत गिता महतले र कार्यक्रमकोृ संचालन हरि खड्काले गर्नुभएको थियो ।समाजका अध्यक्ष मिन बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा जातिय पहिचानमा सजिएको क्षेत्रीहरुले दुलेगौँडा बजारको परिक्रममा समेत गरेका थिए । सोँचे भन्दा झण्र्डै आधा भन्दा बढिको संख्यामा क्षेत्रीहरुको सहभागिता भएकोमा कार्यक्रम पुणरुपमा सफल भएको बाबुराम कार्किले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस

क्षेत्री समाज शुक्लागण्डकी स्तरिय परिचयात्मक तथा दर खाने कार्यक्रम

तनहुँ १७ कार्तिक । सुनिता डोटेल ठाडोखोला खानेपानी उपभोक्ता तथा सरसफाई समिति शुक्लागण्डकी ५ को १७ औँ साधरण सभा तथा ५ औँ अबिधेशनबाट अध्यक्षमा

क्षेत्री समाज शुक्लागण्डकी स्तरिय परिचयात्मक तथा दर खाने कार्यक्रम

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा

क्षेत्री समाज शुक्लागण्डकी स्तरिय परिचयात्मक तथा दर खाने कार्यक्रम

५० लाख कारोवार गर्दै शुक्लागगण्डकी लायन्स महोत्सव २०७५ आइतबार सम्पन्न भएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले गत असोज १९ गते देखि सञ्चालन