लायन्स क्लब अफ खैरेनीटार तनहुँको आयोजनामा तिनखोले मन्दिरको परिसरमा बृक्षारोपण

लायन्स क्लब अफ खैरेनीटार तनहुँको आयोजनामा तिनखोले मन्दिरको परिसरमा विभिन्न जातका ५० वटा भन्दा बढि बिरुवाहरु बृक्षारोपण गरिएको छ।  क्लबका अध्यक्ष समुन्द्र राम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ वि १ रिजन ३ का चियर पर्सन बिधाता श्रेष्ठले रुद्राक्षको बिरुवा अध्यक्ष एवम कार्यक्रम संयोजक अर्जुन सापकोटालाइ हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघ का द्धितिय उपाध्यक्ष हरि बहादुर थापा ,लायन्स क्लब अफ सिर्जना चौतारी का अध्यक्ष जित बहादुर थापा,तिनखोले पुजा ब्यबस्थापन तथा बिकास समितिका अध्यक्ष श्रीराम अधिकारी ,जोहन चियर पर्सन सन्तोष घिमिरे चियर पर्सन ज्योती श्रेष्ठ ले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि लायन बिधाता श्रेष्ठ,लायन्स क्लब अफ सिर्जना चौतारी का अध्यक्ष जित बहादुर थापा, युनिटी चौतारीका अध्यक्ष राज कुमारी थापा,लायन्स क्ल अफ फेवा बेगनास चौतारीका तृतीय उपाध्यक्ष महेश्वर रिमाल लगायत ले मन्दिर ब्यबस्थापनको लागि आर्थिक सहयोग समेत गर्नु भएको सो कार्यक्रममा स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष सुजित हिराचन ज्युले गर्नु भएको थियो भने कार्यक्रमको बारेमा प्रकाश कार्यक्रम संयोजक अर्जुन सापकोटाले पार्नु भएको थियो यसै गरि कार्यक्रमको संचालन क्लबका सह सचीव प्रमोद लामिछाने ले गर्नु भएको सो कार्यक्रममा विभिन्न क्लबका लायन पदाधिकारी एवम सदस्यहरुको उपस्थितिमा सप्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस

लायन्स क्लब अफ खैरेनीटार तनहुँको आयोजनामा तिनखोले मन्दिरको परिसरमा बृक्षारोपण

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा

लायन्स क्लब अफ खैरेनीटार तनहुँको आयोजनामा तिनखोले मन्दिरको परिसरमा बृक्षारोपण

५० लाख कारोवार गर्दै शुक्लागगण्डकी लायन्स महोत्सव २०७५ आइतबार सम्पन्न भएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले गत असोज १९ गते देखि सञ्चालन

लायन्स क्लब अफ खैरेनीटार तनहुँको आयोजनामा तिनखोले मन्दिरको परिसरमा बृक्षारोपण

 गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले करका विषयमा भ्रम नफैलाउन सबै संग आग्रह गर्नुभएको छ ।लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी