नेपाल मै पहिलो पटक लाईन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले लायन महोत्सव आयोजना गर्ने

नेपाल मै पहिलो पटक लाईन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले लायन महोत्सव आयोजना गर्ने भएको छ । शरद रितुको आगमन संगै यहि असोज १९ गते देखि ३० गते सम्म शुक्लागण्डकी नगरपालीका वडा नम्वर ५ स्थित भानुभक्त बहुमुखि क्याम्पस परिसर बेलर्चौतारामा महोत्सब गर्न लागिएको जनाईएको छ ।

महोत्सवको बारेमा जानकारी दिने उदेश्यले क्लबले शनिवार दुलेगौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवले यस क्षेत्रको स्वास्थ्य ,शिक्षा ,कृषि र पर्यटनलाई थप टेवा पुग्ने बताइएको थियो ।  
पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष प्रदिप थापाले लायन्स महोत्सव अन्य महोत्सवको तुलानमा फरक हुने दाबी गर्नुभयो  ।

महोत्सवमा स्वास्थ्य शिविर,सामाजिक सचेतना र शिक्षा लगायतका सेवामुलक स्टल राखिने  थापाले जानकारी दिनुभयो । महोत्सवमा व्यवसायिक स्टल, कृषि, हस्ताकला तथा घरेलु उत्पादनको प्रर्दशन तथा बिक्री र मनोरञ्जनात्मक कार्यक्रमहरु समेत हुने उहाँले बताउनुभयो । नेपालीहरुको महान पर्व दशैंलार्य लक्षित गरी आयोजना गरिएको महोत्सवमा खसी, बोका चेङग्राको को कारोबार समेत हुने उहाँले बताउनुभयो  ।  

सामाजिक सेवा संगै आर्थिक बिकासको पूर्वाधार, लायन्स महोत्सव सम्वृद्व शुक्लागण्डकीको आधार भन्ने मुल नारासहित ११ दिन सम्म चल्ने महोत्स अन्य महोत्सव भन्दा भिन्नै खालको महोत्सव हुने क्लबका संस्थापक अध्यक्ष एवंम महोत्सवका प्रबक्ता दुर्गा कुमार श्रेष्ठले जानकारी दिनुभयो । अन्य महोत्सवको तुलनामा रचनात्मक, सकारात्मक महोत्सव गर्न लागिएको भन्दै महोत्सबाट प्राप्त गरेको मुनाफा संस्थागत बिकासका लागी नभइ समाजिक क्षेत्रमा नै खर्चिने उहाँले जानकारी दिनुभयो ।

 ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा करिव २ करोडको कारोवार हुने जनाईएको छ । रमाइलो मेला समेत हुने महोत्सवमा सेवा मुलक सहित विभिन्न प्रकारका २ सय १ स्टल राखिने जनाईएको छ ।

प्रतिकृया दिनुहोस

नेपाल मै पहिलो पटक लाईन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले लायन महोत्सव आयोजना गर्ने

तनहुँको शुक्लागण्डकी १ कोत्रे बजारमा आयोजना गरेको श्रीमद भागवत धन धान्याचल विराट ज्ञान महायज्ञमा मंगलबार सम्म करिब १६ लाख ४८ हजार दान संकलन भएको छ

नेपाल मै पहिलो पटक लाईन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले लायन महोत्सव आयोजना गर्ने

तनहुँ १७ कार्तिक । सुनिता डोटेल ठाडोखोला खानेपानी उपभोक्ता तथा सरसफाई समिति शुक्लागण्डकी ५ को १७ औँ साधरण सभा तथा ५ औँ अबिधेशनबाट अध्यक्षमा

नेपाल मै पहिलो पटक लाईन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले लायन महोत्सव आयोजना गर्ने

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा