प्रगतीलाई लाइन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले भव्य स्वागत गर्ने

लाइन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले प्रदेश नम्वर ४ तनहुँ जिल्ला शुक्लागण्डकी शान प्रगति पुनलाई भब्य स्वागत गर्ने तयारी गरेको छ ।एपि वान टेलिभिजनवाट प्रशारण भईरहेको वुगि उगिमा टप ३ मा पर्न सफल पुनलाई यहि श्रवाण ९ गते बुधवार भव्य स्वागत गरिने क्लबका अध्यक्ष प्रदिप थापाले जानकारी दिनुभयो । त्यस क्रममा उनले विभिन्न प्रकारका नृत्य समेत प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको थापाले रेडियो तनहुँलाई जानकारी दिनुभयो । विहान ११ बजे दुलेगौँडा स्थित विपि चोकमा विशेष कार्यक्रमको आयोजना गरेर उनलाई स्वागत गर्नुका साथै प्रथम स्थान हासिल गर्नका लागि भोटको समेत अपिल गरिने जनाइएको छ । एपिवान टेलिभिजनबाट  प्रसारण हुने सोको शुक्रबार राती भएको श्रृखंलामा उत्कृष्ट चारबाट छनौट भएसँगै उनि बुगी उगीको फाइनलिस्ट बन्न सफल भएकी हुन् ।  तनहुँ शुक्लागण्डकी २ कोत्रे नर्सरीकी २१ बर्षिया प्रगति सानैदेखि नृत्यु गर्दै आएकी थिइन् । उनले स्थानियस्तरमा हुने प्रतियोगिताहरुमा सहभागि भई चर्चा बटुली सकेकी छन् । बुगी उगीमा सहभागी हुनुपुर्व उनले क्रिस्टल क्लज कृमा आबद्ध रहेर कभर म्यूजिक भिडियोमा नृत्य गर्दै आएकी थिइन् ।

प्रतिकृया दिनुहोस

प्रगतीलाई लाइन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले भव्य स्वागत गर्ने

पुतलीबजार नगरपालिका ७ लुम्छाक स्याङजामा  हरिबोदनी एकादसीको अबसरमा गाउ स्तरिय पुरुष भलिवल प्रतियोगिता ,यबम खुल्ला छेलो प्रतियोगिता, ५० बर्ष माथिको

प्रगतीलाई लाइन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले भव्य स्वागत गर्ने

बुगीवुगीको ग्रान्ड फिनालेमा प्रवेश गरेकी तनहुँकी चेली प्रगति पुनलाई शुक्लागण्डकीमा भव्य स्वागत गरिएको छ  । एपिवान टेलिभिजनद्धारा आयोजित

प्रगतीलाई लाइन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले भव्य स्वागत गर्ने

बिभिन्न बर्ग र उमेर समुहको लागि सौन्दर्य तथा प्रतिभा प्रदर्सनीमुलक प्रतियोगिता आयोजना गर्दै आईरहेको   रोयल आर्किनी हाउस प्राइभेट लिमिटेड को