एकै दिन पोखरामा सांग्रिला डेभलपमेन्ट बैकको दुई शाखा उद्घाटन

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखा विस्तार गरेको छ ।
एकै दिन शुक्रवार तालचोक शाखाको उद्घाटन प्रदेश नं। ४ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुुरुङले गर्नुएको थियो भने लेकसाईड शाखाको प्रदेश नं। ४ का माननीय सभामुुख नेत्रनाथ अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अर्थ मन्त्री गुरुङ्गले प्रदेश नम्वर ४ कृर्षि र पर्यटनको लागि प्रचुर सम्भावना रहेकोप्रदेश भएकोले आर्थिक समृद्धिका लागि  निजी क्षेत्र लगायत बैंक तथा बित्तीय संस्थाहरुले अहम भुुमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।

। लेकसाईडको शाखा उद्घाटन गर्दै सभामुुख नेत्रनाथ अधिकारीले बैंकको प्रगतीको कामना गर्दै सांग्रिला डेभलपमेन्ट बैकले ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो शाखा बिस्तार गरि आम जनतालाई बैकिङ्गसुुबिधा प्रदान गरेकोमा प्रशंसा गर्नुभयो  ।

 देशभर शाखा संजाल स्थापना गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताउनुभयो  ।
कार्यक्रममा बैंकका अध्यक्ष प्रा।डा। रबीन्द्र प्रसाद श्रेष्ठ , संचालक शिव मल्ल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल लगायतले बैकको बित्तिय अवस्था र बैकले प्रदान गरिरहेको सेवा सुबिधाका बिषयमा प्रकाश पार्नुभएको थियो  ।
बैंकको कुल शाखा संख्या ५२ पुगेको छ भने अन्य ३ वटा शाखाहरु केही दिनमै संचालनमा आउने प्रक्रियामा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

एकै दिन पोखरामा सांग्रिला डेभलपमेन्ट बैकको दुई शाखा उद्घाटन

यहि पुस ९ गते देखि  शुक्लागण्डकीमा प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईले पुस ९ गतेदेखी १८

एकै दिन पोखरामा सांग्रिला डेभलपमेन्ट बैकको दुई शाखा उद्घाटन

दिवाकर भण्डारी संग्रिला डेभलपमेन्ट बैकले नबनियुक्त कर्मचारीलाई १० दिने अभिमुखिकराण तथा बैकिङ्ग तालिम प्रदान गरि काममा खटाएको छ । यहि असोज ७ गते

एकै दिन पोखरामा सांग्रिला डेभलपमेन्ट बैकको दुई शाखा उद्घाटन

प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापन प्रमुख सञ्चालन अधिकृत(सीओओमा)दिनेश थकाली नियुक्त हुनुभएको छ । थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु