पृथ्विराजर्माग अन्र्तगत खैरेनिटार बजारको दायाँ वायाँको भागमा शनिवार सरसफाई

 पृथ्विराजर्माग अन्र्तगत खैरेनिटार बजारको दायाँ वायाँको भागमा शनिवार सरसफाई गरिएको छ । कपडा फेन्सी तथा कस्मेटिक व्यवसायीक संघ खैरेनिटारको आयोजनामा गरिएको सरसफाई कार्यक्रममा श्री नम्वर ३ वाहिनी ,राजदलगण ,तनहुँ उद्योग वाणिज्य संघ खैरेनिटार बजार ईकाई ,नब युनाईटेड क्लब खैरेनिटार लगायतका संघ संस्थाको सहभागिता रहेको थियो । सफा खैरेनी स्वच्छ र सुन्दर खैरेनिबजार भन्ने नाराका साथ आयोजित सरसफाई कार्यक्रममा खैरेनिटार ,मिलडाँका स्थानियले पनि स्वतस्फुर्त रुपमा हातमा विभिन्न औजार लिएर सहभागिता जनाएका थिए । आफ्नो घर पसल अगाडी आफैँ सरसफाई गरेमा मात्रै वजारको सुन्दरता रहि रहने कुरामा जोड दिएको थियो । खैरेनीटार वजारको सरसफाईमा नेपाली सेनाले विगत देखिनै सहयोग गर्दै आएको कपडा फेन्सी तथा कस्मेटिक व्यवसायीक संघका अध्यक्ष समुन्द्र राम श्रेष्ठले जानकारी दिनुभयो । बातावरण स्च्वछ राख्नु सम्पुर्ण सचेत नागरिकको दायित्व हो भन्दै उहाँले फोहर व्यवस्थापनमा भने सम्वन्धित निकायले पनि बेलैमा ख्याल गर्नु पर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

पृथ्विराजर्माग अन्र्तगत खैरेनिटार बजारको दायाँ वायाँको भागमा शनिवार सरसफाई

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा

पृथ्विराजर्माग अन्र्तगत खैरेनिटार बजारको दायाँ वायाँको भागमा शनिवार सरसफाई

५० लाख कारोवार गर्दै शुक्लागगण्डकी लायन्स महोत्सव २०७५ आइतबार सम्पन्न भएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले गत असोज १९ गते देखि सञ्चालन

पृथ्विराजर्माग अन्र्तगत खैरेनिटार बजारको दायाँ वायाँको भागमा शनिवार सरसफाई

 गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले करका विषयमा भ्रम नफैलाउन सबै संग आग्रह गर्नुभएको छ ।लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी