मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय

पृथ्वीराजमार्ग अन्र्तरगत तनहुँको सदरमुकाम दमौली नजिक मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय परिएको छ । उक्त बम नेपाली सेनाको वम डिस्पोजल टोलीले निश्कृय पारेको हो । 
प्रेसर कुकर भित्र डोटोनेटर र तार भेटिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेका बेला बम भेटिएकाले घटनामा सोही पार्टीको हात रहेको आशंका तनहुँ प्रहरीले गरेको छ ।

बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम निष्क्रिय टोलीले ९ बजे निष्क्रिय पारेको हो । सेनाको उक्त टोली निकै ढिला गरी त्यहाँ पुग्दा धेरै समय त्यस क्षेत्रको जनजीवन त्रसित बनेको बताइएको छ । 

प्रेसर कुकरभित्र डेटोनेटर ३३ र बम पड्काउन सजिलो हुने सेतो पाउडर हालेर राखिएको  थियो । पृथ्वी राजमार्ग भएर चल्ने सवारी साधनका यात्रुसमेत पुलमा बम भेटिएपछि त्रसित भएर आवतजावत गरेका थिए । 

बम निष्क्रिय पारेपछि अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले ठाउँ ठाउमा स्कर्टिङ गरेर यातायात सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी सुनिल मल्लले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय

 पृथ्विराजर्माग अन्र्तगत खैरेनिटार बजारको दायाँ वायाँको भागमा शनिवार सरसफाई गरिएको छ । कपडा फेन्सी तथा कस्मेटिक व्यवसायीक संघ खैरेनिटारको

मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय

तनहुँको दमौलीमा रहेका सामाजिक क्षेत्रमा  क्रियाशिल युवाहरुको भेलाले लायन्स क्लब अफ तनहुँ दमौली गठन गरेका छन् । क्लबको संस्थापक अध्यक्षमा दमौली

मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय

पुर्व मन्त्री एंव् प्रदेश सभा सदस्य अाशा काेईरालाले समाजसेवाकाे क्षेत्रमा पुरूष भन्दा महिला अघि रहेकाे दावी गर्नुभएको छ । शुक्लागण्डकी २ गाछेपानीमा