समाजसेवाकाे क्षेत्रमा पुरूष भन्दा महिला अघि रहेकाे प्रदेश सभा सदस्य अाशा काेईरालाकाे दावी

पुर्व मन्त्री एंव् प्रदेश सभा सदस्य अाशा काेईरालाले समाजसेवाकाे क्षेत्रमा पुरूष भन्दा महिला अघि रहेकाे दावी गर्नुभएको छ । शुक्लागण्डकी २ गाछेपानीमा नवज्याेती आमा समूहले निर्माण गर्न लागेकाे सामुदायिक भवनकाे शिलान्यास गर्दै काेईरालाले अामा समूह हरू राज्यकाे सहयाेगी भएकाे उल्लेख गर्नुभयाे । अामा समूहमा गाउँ टाेलका सबै विवाहित महिलाहरू संगठित हुने भएकाले समाजमा हुने विकृति विसंगति न्युनीकरण गर्न सहयाेग मिलेकाे उहाँको भनाई छ। महिलाहरूलाई अार्थिक रूपमा अात्मनिर्भर बनाउन उद्यमशीलताका सामुहिक कार्यक्रम शुरू गर्न आमा समूहलाई काेईरालाले सुझाव दिनुभयो । शिलान्यास कार्यक्रममा जेष्ठ नागरिक सेवा केन्द्र का अध्यक्ष भक्त बहादुर रिमाल, वडा अध्यक्ष जगत बहादुर गुरूङ, नगर कार्यपालिका सदस्य दानु अधिकारी, गाछेपानी खानेपानी तथा सरसफाइ समिति का सचिव त्रिलाेचन लम्साल, भुलभुले बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शंकर पन्त, समूहकी सदस्य सुशीला भुजेल, ईन्दिरा पाैडेल, व्यवसायी शिव गर्ताैला, नेप बहादुर पुन लगायतले भवन निर्माण मा सक्दाे सहयाेग गर्ने बताउनु भएकाे थियाे । कार्यक्रममा वडा सदस्य दान बहादुर थापा, स्थानीयबासी खगिसरा थापा, यमकान्त पाैडेल, टिकाराम लम्साल, यमन्धरी वाग्ले, पार्वती ढुङ्गाना लगायतले रकम सहयाेग गर्नुभएको थियो । समूहकी अध्यक्ष बिन्देश्वरी लम्सालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय क्रसर तथा ब्लक उद्योग संचालकहरूले निर्माण सामाग्री सहयाेग गर्ने बचन दिएका थिए । नगर सभाबाट विनियाेजित ४ लाख रूपैयाँ र समूहकाे ४ लाख रकममा भवन निर्माण शुरू गरिएको सचिव अस्मिता खनालले जानकारी दिनुभयाे

प्रतिकृया दिनुहोस

समाजसेवाकाे क्षेत्रमा पुरूष भन्दा महिला अघि रहेकाे प्रदेश सभा सदस्य अाशा काेईरालाकाे दावी

 पृथ्विराजर्माग अन्र्तगत खैरेनिटार बजारको दायाँ वायाँको भागमा शनिवार सरसफाई गरिएको छ । कपडा फेन्सी तथा कस्मेटिक व्यवसायीक संघ खैरेनिटारको

समाजसेवाकाे क्षेत्रमा पुरूष भन्दा महिला अघि रहेकाे प्रदेश सभा सदस्य अाशा काेईरालाकाे दावी

पृथ्वीराजमार्ग अन्र्तरगत तनहुँको सदरमुकाम दमौली नजिक मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय परिएको छ । उक्त बम नेपाली सेनाको वम

समाजसेवाकाे क्षेत्रमा पुरूष भन्दा महिला अघि रहेकाे प्रदेश सभा सदस्य अाशा काेईरालाकाे दावी

तनहुँको दमौलीमा रहेका सामाजिक क्षेत्रमा  क्रियाशिल युवाहरुको भेलाले लायन्स क्लब अफ तनहुँ दमौली गठन गरेका छन् । क्लबको संस्थापक अध्यक्षमा दमौली