पहिलो पाइला मन्टेश्वरी एकेडमीको चौथो बाषिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न

तनहुँको शुक्लागण्डकी नगरपालीका स्थित कवासेमा रहेको पहिलो पाइला मन्टेश्वरी एकेडमीको चौथो बाषिकोत्सव तथा दिक्षान्त समारोह एक कार्यक्रमका विच सम्पन्न भएको छ । मन्टेश्वरीले कक्षा यूकेजि बाट उतिर्ण हुने विद्याथीहरुलाई दिक्षीत गरेको थियो । नानिवाबुहरुलाई एक विशेष कार्यक्रमको आयोजना गरिए शुक्लागण्डकी नगरपालीकाका नगर प्रमुख किसान गुरुङ्ग र मन्टेश्वरीका सञ्चालक नवराज गर्तौलाले दिक्षीत गर्नुभएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख गुरुङ्गले उज्यालो नगर निर्माण गर्नका लागि शैक्षिक विकास अपरिहार्य रहेको वताउनुभयो । उहाँले साना साना बालबालिकाको शैक्षिक विकास गर्नका लागि मन्टेश्वरीले उत्कृष्ट जग खडा गरेको समेत वताउनुभयो । दुलेगौँडा स्थित नेवार समाजको भवनमा आयोजना गरिएको सो कार्यक्रममा नगरपालीकाका शिक्षा शाखाका स्रोत व्यक्ति सुरेन्द्र कुमार कर्णले मन्टेश्वरीको उत्कृष्ट उदारहण बन्न पहिलो पाइला मन्टेश्वरी सफल भएकोमा बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा वडा नम्वर ४ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले समाज विकासमा उल्लेखनिय योगदान दिन सक्ने बताउनुभयो । अभिभावकको तर्फबाट पशुपति अर्याल ,विना खनाल र पदम रानाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक नवराज गर्तौला र प्रधानाध्यापक सरिता गर्तौलाले मन्टेश्वरी सञ्चालन यस क्षेत्रको लागि चुनौती पुर्ण रहेता पनि अभिभावकहरुको विश्वासकै कारण अगाडी बढ््न सफल भएको वताउनुभयो । सो अवसरमा  विद्यार्थी भाइ बहिनिहरुले विभिन्न मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम पस्किएका थिए भने उतिण विद्यार्थीलाई पुरस्कृत समेत गरिएको सञ्चालक गर्तौलाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

पहिलो पाइला मन्टेश्वरी एकेडमीको चौथो बाषिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न

 लाईन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले असोज १९ गते देखि ३० गते सम्म आयेजना गर्न लागेको महोत्सव सफल पार्नका लागि विभिन्न संघ संस्थाको साथ र समर्थन

पहिलो पाइला मन्टेश्वरी एकेडमीको चौथो बाषिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न

लायन्स क्लब अफ खैरेनीटार तनहुँको आयोजनामा तिनखोले मन्दिरको परिसरमा विभिन्न जातका ५० वटा भन्दा बढि बिरुवाहरु बृक्षारोपण गरिएको छ।  क्लबका अध्यक्ष

पहिलो पाइला मन्टेश्वरी एकेडमीको चौथो बाषिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न

नेपाल मै पहिलो पटक लाईन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले लायन महोत्सव आयोजना गर्ने भएको छ । शरद रितुको आगमन संगै यहि असोज १९ गते देखि ३० गते सम्म