५ दिने मगर भाषा संस्कृति संरक्षण सम्बन्धी तालिम आज देखी मगर समाज घर खैरेनीटारमा सुरु ,

भाषा सस्कार र संस्कृति लाई पहिचान गर्दै सम्पूर्ण मगरहरुलाई जागरुक बनाउने उदेश्यको साथ सुक्ला गण्डकी नगरपालिकाको आर्थिक सहयोग र खैरेनीटार मगरसमाज सुक्ला गण्डकी नगरपालिका ६ तनहुँको आयोजनामा सन्चालित ५ दिने मगर भाषा संस्कृति संरक्षण सम्बन्धी तालिम सोमबार मगर समाज भवन खैरेनीटारमा सुक्ला गण्डकी नगरपालिका ६  वडाका वडा अध्यक्ष कृष्ण बहादुर पौडेलको प्रमुख आथित्यता  यबम समाजका अध्यक्ष बलबिर थापाको सभापतित्वमा  सुरु भएको छ । कार्यक्रममा बोल्दै पमुख अतिथी पौडेलले आफ्नो भाषा, कला, संस्कृतिको बारेमा अभिभावकको सचेतना र सक्रियता हुनु नितान्त जरुरी रहेको उल्लेख गर्दै अब आफ्नो जातिय भाषा  संरक्षण गर्न  सम्पूर्ण मगरजातिको क्रियाशीलता अपरिहार्य छ भन्दै  भाषाको मानकीकरण, स्तरीकरण र अनुवादका निम्ति उचित पहलकदमी को लागि यस्ता कार्यक्रम निकै नै फलदाही रहने विश्वाश ब्यक्त गर्नुभयो

साथै , जनजातिहरुको भाषा कला संस्कृतिको संरक्षणमा सरकारले पनि बिशेष व्यवस्था गरेको हुँदा यस्लाई भरपुर उपयोग गरी  तालिममा सिकेको ज्ञानलाई व्यबहार मा कार्वन्यन गर्न  सके मात्र भाषा संस्कृति र  संस्कार को संरक्षण हुने बताउनुभयो ।  सामाजिक अभियन्ता खडक सिह थापाले भाषा संरक्षणका चुनौतीहरु बढीरहेको यो अवस्थामा यस्ता कार्यक्रमले भाषा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सम्पूर्ण मगरहरु ले आफ्नो जातिय पहिचान जोगाउन हातेमालो गर्नु पर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा कुमाल समाज नेपालका केन्द्रिय महासचिव एवम् शुक्लागण्डकी नगरपालिकाका प्रवतmा खीम बहादुर कुमालले ँअयाँ पुस्तालाई आफ्ना भाषा ,संस्कृति हस्तान्तरण गर्न सके मात्र दिर्घकालिन रुपमा भाषा कला र पहिचानको  संरक्षण हुने भन्दै जनजातिहरु को लागि  सरकारले छुटाएको सुबिधा हरु बारे लाभ लिन जनजाति अगुवाहरुलाई स्थानिय तह सँग सहकार्य गरी अगाडी बढ्न आग्रह गर्नु भयो  । कार्यक्रम मा मिलडाडा टोल बिकास सस्थाको अध्यक्ष बेलकुमारी कुमाल, नेपाल जनजाती महासँघ छेत्रीय अध्यक्ष ईन्द्र बहादुर थापा, समाजका पूर्व अध्यक्ष नेत्र बहादुर थापा ,नगरसभापती केशब राज पौडेल लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य समाजका सदस्य यबम समाजसेबी जयबहादुर थापा ले राख्नु भएको थियो भने  भाषा प्रशिक्षण चैत्र २६ गते बाट सुरु भई चैत्र ३० गते समापन हुनेछ । प्रशिक्षाथीहरुलाई प्रशिक्षण नेपाल आदिबासी जनजाती महासँघ फोनिजका उपाअध्यक्ष रुद्र श्रीस मगरले दिनुहुनेछ

 

 

 

प्रतिकृया दिनुहोस

५ दिने मगर भाषा संस्कृति संरक्षण सम्बन्धी तालिम आज देखी मगर समाज घर खैरेनीटारमा सुरु ,

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ मा रहेको तीनखोले देवी मन्दिर परिसरमा यही २०७५ असोज २४ गते देखि सञ्चालन भएको श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा

५ दिने मगर भाषा संस्कृति संरक्षण सम्बन्धी तालिम आज देखी मगर समाज घर खैरेनीटारमा सुरु ,

५० लाख कारोवार गर्दै शुक्लागगण्डकी लायन्स महोत्सव २०७५ आइतबार सम्पन्न भएको छ ।  लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले गत असोज १९ गते देखि सञ्चालन

५ दिने मगर भाषा संस्कृति संरक्षण सम्बन्धी तालिम आज देखी मगर समाज घर खैरेनीटारमा सुरु ,

 गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले करका विषयमा भ्रम नफैलाउन सबै संग आग्रह गर्नुभएको छ ।लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी