उद्घोण तालिम समापन

शुक्लागण्डकी वडा नम्वर ४ का महिलाहरुलाई उद्घोषण तथा नेतृत्व विकास सम्वन्धी तालिम प्रदान गरिएको छ । वडा नम्वर ४ को आर्थिक सहयोगसमा सञ्चालन गरिएको तालिम एक हप्ता अबधिमा विहिवार समापन गरिएको हो ।

वडाको महिला लक्षित कार्यक्रम अन्तरगत महिलाहरुको क्षमता तथा नेतृत्व विकास गर्ने उद्देश्यले गत चैत्र १६ गतेबाट दुलेगौँडा तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन गर्दै वडाध्यक्ष शिव कुमार श्रेष्ठले एक हप्ते तालिमले महिलाहरुलाई नेतृत्व तहमा आउन प्रेरित गरेको बताउनुभयो ।
कार्यक्रममा दुलेगौँडा मगर समाजका बरिष्ठ सल्लाहकार तेज बहादुर थापा, बौद्ध शान्ति सदनका अध्यक्ष सुर्य बहादुर थापा, समाजका सल्लाहकारद्वय चन्द्र बहादुर थापा, तुल बहादुर थापा, मगर समाजका अध्यक्ष नर बहादुर थापा, वडा सचिव कल्पना गैह्रे, शुक्लागण्डकी आमा समुहकी सल्लाहकार सुक माया थापा, समाजका सचिव पुर्ण बहादुर आले लगायतले तालिमबाट सक्षम उद्घोषकहरु उत्पादन भएको भन्दै सिकेको सीपलाई व्यवहारमा उर्तान आग्रह गर्नुभएको थियो ।
प्रशिक्षक सृजना रानाले ज्ञान हाँसिल गर्नु मात्र उपलब्धी नभएर सिकेको ज्ञानलाई कार्यान्वयमा ल्याउन सके मात्र सिकाईको महत्व हुने बताउनुभयो

कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट बोल्दै ज्योति राना र रुपा रानाले तालिममा सहभागी भएर आफुहरुको आत्मबल बढेको र आगामी दिनमा अगाढी बढेर वोल्न सक्ने क्षमतामा बृद्धिभएको जानकारी दिनुभएको थियो ।
 
२८ जना महिलाहरुको सहभागिता रहेको र तालिम सञ्चालनका लागि वडाले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
आमा समुहकी अध्यक्ष गोमा थापाको अध्यक्षतामा भएको कार्यक्रममा समुहकी उपाध्यक्ष नन्दा कुमारीले स्वागत मन्तव्य र सचिव कृष्ण कुमारी थापाले कार्यक्रमको संचालन गर्नुभएको थियो

 

प्रतिकृया दिनुहोस

उद्घोण तालिम समापन

 पृथ्विराजर्माग अन्र्तगत खैरेनिटार बजारको दायाँ वायाँको भागमा शनिवार सरसफाई गरिएको छ । कपडा फेन्सी तथा कस्मेटिक व्यवसायीक संघ खैरेनिटारको

उद्घोण तालिम समापन

पृथ्वीराजमार्ग अन्र्तरगत तनहुँको सदरमुकाम दमौली नजिक मादीपुलमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम निष्क्रिय परिएको छ । उक्त बम नेपाली सेनाको वम

उद्घोण तालिम समापन

तनहुँको दमौलीमा रहेका सामाजिक क्षेत्रमा  क्रियाशिल युवाहरुको भेलाले लायन्स क्लब अफ तनहुँ दमौली गठन गरेका छन् । क्लबको संस्थापक अध्यक्षमा दमौली