Powered By: i-Tech Nepal

News Headlines

  • दोस्रो संविधान सभाले जनतालाई संविधान दिएरै छाड्ने संविधान सभा सदस्य सिग्देलको प्रतिवद्धता


    शूक्लागण्डकी १६ फाल्गुण ।

    संविधान सभा सदस्य टुकराज सिग्देलले दोस्रो संविधान सभाले जनतालाई संविधान दिएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शनिवार भिमाद खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौ साधरण सभा एवं अधिवेशनको उद्घाटन गर्दै सिग्देलले उक्त कुरा बताउनु भएको हो। सिग्देलले सो समारोहमा दोस्रो संविधान सभा आफैमा सार्वभौम भएपनि पहिलो संविधान सभाले सम्पन्न गरेका ८० प्रतिशत कामलाई स्वामित्वमा लिएर अगाडी बढेको स्मरण गराउँदै माघ ८ मै संविधान आउन नसकेपनि यो संविधान सभाले नेपाली जनतालाई संविधान दिएर मात्रै फिर्ता हुने ठुकुवा गर्नुभएको छ । संविधान सभाले एमाओवादी र मधेशवादीले भने झै नेपालको हिमाल पहाड र तराईको भुगोललाई अलग्याएर संविधान निर्माण गर्ने कार्यमा संविधान बन्न नसक्ने बताउनु भयो । उक्त अवसरमा सभासद सिग्देलले तनहूँ जिल्लामा सुद्धिकरण सहितको खानेपानी वितरण गराउन र यहाँको आवश्यकतालाई हेरेर सरकारले यसै वर्षपनि भिमाद खानेपानीलाई २२ लाखको बजेट विनियोजन गरेको र अव निर्माण हुने योजनाहरु कम्तिमा पनि २० वर्षको भविष्यलाई हेरेर निर्माण गर्नुपर्ने दायित्व प्रति उपभोक्ता समिति र आम उपभोक्ता सजग हुनुपर्ने धारणा सो अवसरमा राख्नु भएको थियो । उपभोक्ता समितिका अध्यक्ष काजिमा श्रेष्ठको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा समाजसेवी दधिराज सुवेदी, नेपाली काँग्रेस महासमिति सदस्य इन्दिरा खनाल, भञ्ज्याङ राष्ट्रिय दैनिकका सम्पादक विश्वबन्धु भण्डारी, एमाले जिल्ला सचिवालय सदस्य मेख बहादुर थापा, जिल्ला कमिटी सदस्य ऋषिराम राना, नेपाली कांग्रेस जिल्ला समिति सदस्य राजेन्द्रकृष्ण श्रेष्ठ नेकपा माओवादी जिल्ला सदस्य ऋषिराम सिग्देल, एमाओवादीका ध्रुवराज सुवेदी, तनहूँ उद्योग वाणिज्य संघ जिल्ला कार्यसमिति सदस्य श्यामसुन्दर जोशी, खानेपानी तथा सरसफाई डिभीजन कार्यालयका इन्जिनियर दिलीप कुमार शाहा, नेकपा एमाले भिमाद गाउँकमिटी अध्यक्ष ध्रुवराज खनाल, नेपाली काग्रेस गाउँकार्य समिति सभापति बलराम पराजुली, भिमाद गा. वि. स. सचिव दधिराज पौडेल, खानेपानी उपभोक्ता समिति सल्लाहकार सदस्य उमाकान्त श्रेष्ठ, जनज्योति उ. मा. वि. का निवर्तमान प्राचार्य खिमाकान्त पराजुली लगायतले मनतव्य व्यत्तः गरेको कार्यक्रममा उपभोक्ता समितिका उपाध्यक्ष बेल बहादुर थापाले स्वागत र सचिव कृष्णदेव श्रेष्ठले कार्यक्रम संचालनगरेका थिए । उभपोक्ता समितिको साधरण सभामा समितिका कोषाध्यक्ष एक बहादुर बि. क. ले आयव्याय विवरण प्रस्तुत गरेका थिए । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ ।


ARCHIVES