Powered By: i-Tech Nepal

News Headlines

  • सिम्रिक एयरले पोखरा जोमसोम पुनः हवाई उडान सेवा सुरु

    शुक्लागण्डकी १६ फल्ुगुण
    सिम्रिक एयरले पोखरा जोमसोम पुनः हवाई उडान सेवा सुरु गरेको छ । पर्यटनको सिजनसंगै यात्रुहरुको माग अनुसार उक्त सेवा शनिबार देखि सुरु गरीएको सिम्रिक एयर पोखराका स्टेसन म्यानेजर विकास बरालले बताए ।  पर्यटनको अफसिजना भएका कारण करीब डेढ महिना उढान स्थगीत गरेको सिम्रिक एयरले यात्रुहरुको माग अनुसार पर्यटकलाई सेवा दिने उद्धेश्यले शनिबार देखि पुनः ४ वटा उढान सुरु गरीएको बरालले बताए । शनिबार चार वटा पोखरा जोमसोमको उढान भएको छ ।  त्यसै गरी शनिबार पोखरा काठमाण्डौको लागि ४ वटा उढान गरेकोे छ । अबदेखि पोखरा जोमसोम दैनिकजसो ४ वटा उढान हुने उनले बताए । पोखरा देखि जोमसोम जानको लागि नेपालीलाई ५ हजार, भारतीयलाई ७ हजार ४ सय, अन्य देशका पर्यटकहरुको हकमा भने १ सय १३ डलर शुल्कः लाग्ने भएको कम्पनीले जनाएको छ । पोखरा देखि काठमाण्डांै जानको लागि नेपालीलाई ४ हजार ८ सय,  विदेशी  पर्यटकहरुको हकमा भने १ सय १७ डलर शुल्कः लाग्ने बरालले बताए ।
    पर्यटकीय नगरी पोखरामा चार वटा एयरलायन्स कम्पनीबाट दैनिक जसो २४ वटा उढान हुदै आएको छ । चार कम्पनीले पोखरा काठमाण्डौ दैनिक जसो १८ र पोखरा जोमसोम दैनिक जसो ६ वटा उढान भर्दै आएको कम्पनीहरुले जनाएका छन ।  यति एर्यरलायन्स कम्पनीबाट पोखरा काठाण्डौको लागि दैनिक जसो ७÷८ वटा उढान भर्ने गरेको छ भने पोखरा जोमसोमको लागि २ वटा उढान भर्दै आएको यति एयरलायन्सका म्यानेजर अमृत सिंहले बताए ।  त्यसै गरी बुद्ध एर्यरलायन्सले दैनिक जसो पोखरा काठमाण्डौको लागि ७ वटा उढान भर्दै आएको छ भने यात्रुको माग अनुसार कहिलेकाहि पोखरा भैरहवा समेत उढान भर्ने गरेको बुद्ध एयरलायन्स पोखराका स्टेशन म्यानेजन गौतम बरालले बताए । नेपाल सरकारको विमान नेपाल एयरलायन्सले दैनिक जसो एक÷दुई वटा पोखरा काठमाण्डौ उढान भर्ने गरेको छ ।

     


ARCHIVES