Powered By: i-Tech Nepal

News Headlines

  • स्थानिय सम्पत्तीको संरक्षण गर्ने जिम्मेवारी पाएको निकाय नै ठेकेदारसँग मिली प्राकृतिक संरचना ध्वस्त वनाएकोमा स्थानियको आपत्ति

    शुक्लागण्डकी १६ फाल्गुन ।
    शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का जनताको सिर्जनशिलता र संक्रियताको कारण जनस्तरबाट यस वडामा धेरै सामाजिक विकास निर्माणका पूर्वाधारहरु स्थापना भएका छन् ।
    जनस्तरबाट संचालित खानेपानी आयोजना यस क्षेत्रको नै नमूना खानेपानी आयोजनको रुपमा रहेको छ साथै यस वडाका विकास निर्माण कार्यमा हुने आर्थिक पारदर्शीता यस क्षेत्रमा चर्चाको विषयका रुपमा लिइन्छ ।
    स्थानिय निकायमा जनप्रतिनिधि नभएता पनि हरेक विषयमा वडा भेला द्धारा प्रजातान्त्रिक अभ्यास अपनाई गरिने निर्णयले नै यस वडाको एकतालाई कायम राखेको वडावासीहरु बताउँछन् ।
    यद्यपी गत वर्ष मात्र नयाँ नगरपालिका गठन भए पछाडी यस वडाको स्थानिय संक्रियतामा हुने विकास निर्माण जस्ता गतिविधिलाई बिभिन्न वहानमा अवरोध सिर्जना हुने कार्यले पछिल्लो समयमा विकास निर्माणका कामहरु रोकिन पुगेको स्थानियको गुनासो छ ।
    यसै सन्दर्भमा फागुन १६ गते वडा नागरिक मञ्चका संयोजक दिर्घ बहादुर थापाको अध्यक्षतामा आयोजित भेलाले वडाको बिभिन्न पक्षमाथि छलफल गरेको छ ।
    भेलाले वडावासीहरुको पहलमा यसै वडाको सेती नदी किनारामा सामुदायिक वनद्धारा संरक्षण गरि वृक्षारोपण गरिएको क्षेत्रमा २०५८ सालदेखि नै वडाले मेशिनरी औजार प्रयोग नगरी प्राकृतिक संरचनामा कुनै प्रकारको क्षती नपुग्ने गरी ढुङ्गा, बालुवा ठेक्का लगाएर उक्त कार्यबाट प्राप्त हुने रकम त्यसै क्षेत्रमा वर्षेनी हुने नदी कटान रोक्नको लागि तटबन्धन गरिदै आएको र यस वर्ष पनि सोही प्रकृया अनुरुप वडा भेलाद्धारा उक्त क्षेत्रमा ठेक्का लगाउने कार्य भएको थियो ।
    तर  जि.वि.स. तनहुँबाट ढुन्डुरे घाट संचालन जिम्मेवारी लिएका ठेकेदार जित बहादुर गुरुङ्गसँग मिलोमतो गरी ईलाका प्रहरी कार्यालय बेलचौतारा, शुक्लागण्डकी नगरपालिकाका कार्यकारीणी अधिकृत हरिराम नागिला, जिल्ला विकास समिति, तनहुँबाट समेत रोक्ने काम गरिएको मा स्थानियले विरोध गरेका छन् ।
    वन क्षेत्रलाई र यस क्षेत्रमा रहेका सामाजिक संस्थाहरु भानुभक्त बहुमुखी क्याम्पस, पश्चिम क्षेत्रीय प्रहरी आवसिय माध्यमिक विद्यालय, जि.पि. कोइराला स्वासप्रश्वास राष्टिय उपचार केन्द्र सयौ घरधुरी रहेको क्याम्पस वस्ती र सितलनगर तथा भर्खरै निर्माण सम्पन्न भएको शुक्ला गण्डकी–५ र १३ जोड्ने सेतीनदी माथिको झोलुङ्गे पुल र निर्माधिन विद्युत सव स्टेशनमा समेत नदी कटानले प्रतिकुल असर गर्ने गरी उक्त क्षेत्रबाट अनाधिकृत रुपमा ढुङ्गा, बालुका चोरी निकासी गर्न सहयोग पु¥याएकोमा नगरपालीका लगायतका संस्थाप्रति स्थानियले आक्रोस पोखेका छन् ।
    स्थानिय सम्पत्ती, स्रोत र साधनको संरक्षण गर्ने जिम्मेवारी पाएको ती निकायले व्यापारी उद्देश्यका साथ काम गर्ने ठेकेदारसँग साँठगाँठ गरी प्राकृतिक संरचना संरक्षणमा स्थानिय जनताको पारदर्शी पहललाई अवरोध पु¥याएको घटना प्रति भेलाले आपती प्रकट गर्दै तत्काल विगतमा जस्तै वडावासीलाई प्राकृतिक संरचना संरक्षण गर्दै विकास निर्माण कार्य अगाडी बढाउने वातावरण सिर्जना गर्न जोडदार माग समेत गरिएको छ । 
     


ARCHIVES