Powered By: i-Tech Nepal

News Headlines

  • रेडियो तनहुँ को सञ्चालनका लागि विभिन्न सल्हाकार एवं उपसमिति गठन

    फाल्गुन २७ शूक्लागण्डकी ।
    तनहुँ सुचना समाज शहकारी संस्थाको छैठौँ साधरण सभा तथा तेस्रो अबिधेशन पश्चात रेडियो तनहुँमा आज बसेको सञ्चालक समितिको प्रथम बैठकले रेडियो सञ्चालनका लागि विभिन्न समिति तथा उपसमिति चयन गरेको छ ।
    संस्थाका अध्यक्ष प्रा डा चन्द्रबहादुर थापको अध्यक्षतामा वसेको सञ्चालक समितिको बैठकले सल्हाकारको संयोजकमा भक्त बहादुर रिमाल चयन हुनुभएको छ भने सदस्यहरुमा किरण गुरुङ्ग, दधिराज सुबेदी , विमल प्रसाद रिमाल , मोहन बहादुर थापा , मनोरथ शर्मा , ज्योती प्रकाश तिमिल्सीना ,हरिशचन्द्र अर्याल ,काजि मान श्रेष्ठ ,किसान सिं खाती र विष्णुभक्त सिग्देल रहनु भएको छ ।
    यस्तै रेडियो प्रशारण उप समितिको संयोजकमा कुलप्रसाद गुरुङ्ग चयन हुनुभएको छ भने सदस्यहरुमा हिम कुमार श्रेष्ठ , माधव पौडेल , सुरज कुमार श्रेष्ठ र दिवाकर भण्डारी रहनुभएको छ ।
    यस्तै रेडियोको शिक्षा उपसमितिको संयोजकमा धु्रबराज सिग्देल रहनुभएको छ भने सदस्यहरुमा माधव प्रसाद अधिकारी ,हिमकुमार श्रेष्ठ , शोभाकान्त पाण्डे र पदम बहादुर पाठक चयन हुनुभएको छ ।
    यता विज्ञापन उप समितिको संयोजकमा समुन्द्र राम श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा सुजन कुमार श्रेष्ठ , राजेश्वर खनाल ,सुदिन श्रेष्ठ र प्रदिप थापा चयन हुनुभएको छ ।
     


PROGRAM SCHEDULE

    ARCHIVES