Powered By: i-Tech Nepal

News Headlines

  • तनहँ सुचना समाज सहकारी संस्थाको अध्यक्षमा पुन ः थापा

    तनहँ सुचना समाज सहकारी संस्थाको अध्यक्षमा पुन ः थापा

    शुक्लागण्डकी २३ फाल्गुण । दिवाकर भण्डारी
    सुचना समाज सहकारी संस्थाको अध्यक्षमा पुन डा.प्रा चन्द्र बहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ । खैरेनिटार उच्चमाविमा शनिवार आयोजित संस्थाको छैठौँ साधरण सभा तथा तेस्रो अधिवेशन वाट पुन अध्यक्षमा थापा चयन हुनुभएको हो ।
    यस्तै उपाध्यक्षमा विश्ववन्धु भण्डारी ,सचिवमा दुर्गा कुमार श्रेष्ठ ,सहसचिवमा हुमबहादुर खड्का तथा कोषध्यक्षमा गायत्री प्रसाद पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा राजु खनाल ,नायारणदत्त अधिकारी ,कुलप्रसाद गुरुङ्ग र समुन्द्र राम श्रेष्ठ चयन हुनुभएको छ ।
    संस्थाको लेखा समितिको संयोजकमा रेशमलाल पौडेल रहनुभएको छ भने सदस्यहरुमा लाल बहादुर श्रेष्ठ र हरिभक्त तिम्सीना चयन हुनुभएको छ । नवनिवार्चित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक ज्यति प्रकाश तिमिल्सीनाले सपत ग्रहण गराउनुभएको थियो ।
    साधरण सभाको उद्घाटन गर्दै  सुचना समाज सहकारी संस्थाका अध्यक्ष डा प्रा चन्द्रबहादुर थापाले रेडियोका सम्पुर्ण शेयर धनि सदस्यहरुले रेडियोको आर्थिक विकासका लागि प्रमुख आय श्रोत विज्ञापन भएकाले यस तर्फ ध्यान दिनुपर्ने वताउनुभयो ।
    उहाँले रेडियोको विकासमा सवैको सोच सकरात्मक हुनुपर्ने समेत वताउनुभयो ।
    रेडियो विस्तारै सफलता तर्फ उन्मुख भएको भन्दै उहाँले यहाँ सम्म आउँदा शुक्लागण्डकी नगरपालीका ४ को सन्तेडाँडा मा १६ लाखमा जग्गा किन्न सकिएको पनि जानकारी दिनुभयो ।
    सञ्चालनलाई सहि ढंगवाट उपयोग गर्न सकेमा उपलब्धी र प्रतिफल पनि राम्रो हुने उहाँको भनाई थियो  ।
    कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि उप सचिव एवं शेयर धनि विष्णु भक्त सिग्देलले संवृद्ध नेपाल निर्माणको लागि सञ्चार माध्यामले सकरात्मक सोचका साथ कार्य सम्पादनलाई अगाडि वढ्नुपर्नेमा जोड दिनुभयो । ्
    संस्थाका शेयर धनि राजु खनालले शुभकामना मन्तव्य व्यक्त गनुहुदैँ ग्रामिण जनताको लुकेर रहेका आवजलाई वाहिर ल्याउने मुख्य भुमिका रेडियोका हुने भएकाले यस तर्फ लाग्नु पर्ने वताउनुभयो
    कार्यक्रममा विज्ञापन तथा वजार व्यवस्थापन समितिका संयोजक मनोरथ शर्मा ,शेयर धनि गोविन्द पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गनुभएको थियो ।
    यस्तै साधरण सभामा वार्षिक प्रतिवेदन संस्थाका सचिव द्ुर्गा कुमार श्रेष्ठले प्रस्तुत गनुभएको थियो भने कोषध्यक्षको आर्थिक प्रतिवेदन गायत्री पौडेलले तथा लेखा समितिको प्रतिवेदन लालबहादुर श्रेष्ठले प्रस्तुत गनुभएको थियो ।
    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै संस्थाका उपाध्यक्ष विश्ववन्धु भण्डारीले जिल्लाको ३ नम्वर क्षेत्रमा स्थापित रेडियो तनहुँ ९७.२ मेघार्हज ग्रामिण भेगाका जनतालाई समेट्न सफल भएको वताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव दुर्गा कुमार श्रेष्ठले गनुभएको थियो ।
     


PROGRAM SCHEDULE

    ARCHIVES