Powered By: i-Tech Nepal

News Headlines

  • माओबादीका अध्यक्ष प्रचण्डका साथै बिपक्षी दलका नेताहरुको बोलीको अडान छैन ःकांग्रस उपसभापति पौडेल

    माओबादीका अध्यक्ष प्रचण्डका साथै बिपक्षी दलका नेताहरुको बोलीको अडान छैन ःकांग्रस उपसभापति पौडेल

    शुक्लागण्डकी १८ फाल्गुण ।
    नेपाली काँग्रेसका उपसभापती रामचन्द्र पौडेलले एकीकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्डका साथै बिपक्षी दलका नेताहरुको बोली अडान नरहेको आरोप लगाउनुभएको  छ ।
    जनताइ झुक्याउने निउँमा एमाओवादीले बोली फेरीरहने बानीका कारण अहिले सम्म देशले संबिधान पाउन नसकेको उहाँको भनार्इ थियो  ।
    सर्वमान्य नेता वीर गणेशमान सिंहको जन्म शताब्दि को अवसरमा तनहुँको दुलेगौडामा सन्चालित गणेशमान बलिदानी अभियानलाई सम्बोधन गर्ने क्रममा पौडेलले आजको राजनितिलाई ठिक ठाउमा ल्याई सम्बीधान निर्माणको लागी गणेश मानको जस्तो दृढता आबश्यक भएको वताउनुभयो ।
    कार्यक्रमममा नेपाली कांग्रेसका नेता एव्म नीति तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य जीतप्रकाश आले नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवन परियार, पूर्व केन्द्रिय सदस्य अम्मरराज कैनी, नीति तथा प्रतिस्ठानका केन्द्रिय सदस्य जगदि शचन्द्र पोखरेल, नारायणदत्त मिश्र, नेपाली कांग्रेका तनहुँका उपसभापति ताराराज राना,कास्कीका सचिव कृष्ण केसी, कांग्रेस महासमिति सदस्य मीरा जोशी, महिला संघ कास्कीका अध्यक्ष कोपिला राना भाट, लगायतको उपस्थिती रहेको थियो ।नेपाली काग्रेसका क्षेत्रीय सभापती महेश्वर भट्राईको सभापतित्वमा सम्पन्नसभाको सञ्चालन बीर गणेमान बलिदानी अभियान तनहुँ क्षेत्र नम्बर ३ का प्रचार प्रसार उप समितिका संयोजक चुडामणी खनालले गरेका थिए ।


ARCHIVES