Powered By: i-Tech Nepal

News Headlines

  • शुक्लागण्डकी नगरपालीका वडा नम्वर ५का स्थानियको डेलिगेशन सम्पन्न

    शुक्लागण्डकी १८ फाल्गुण ।
    शुक्लागण्डकी नगरपालीका वडा नम्वर ५ को वडा नागरिक मञ्चका संयोजक दिर्घ बहादुर थापाको नेतृत्वको टोलीले आईतवार जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा डेलिकेशन गइएको छ ।
    स्थानिय स्तरको विकास निर्माणमा  सरकारी पक्षवाट अवरोध हुन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय ,जिल्ला विकास समिति ,इलाका प्रहरी कार्यालय बेलचौतारा एवं शुक्लागण्डकी कार्यालयमा डेलिकेशन गएको वताईएको छ ।
     सो अवसरमा प्रमुख जिल्ला अधिकारीले ढुन्डुरे घाट का विषयमा वस्तुगत अध्यान गरि छानविन गर्ने वताउनुभएको थियो । डेलिगेशनका क्रममा शुक्लागण्डकी नगरपालिका कार्यकारी अधिकृत हरिराम नागिला भने कार्यकक्षमा नभेटिएको वताईएको छ । डेलिगेशनमा डा चन्द्र बहादुर थापा , दुगा श्रेष्ठ ,कमल ढकाल , विष्णु शाहि ,नवदत्त ढकाल लगायतको सहभागिता रहेको थियो ।
    वडाको सेती नदी किनारामा सामुदायिक वनद्धारा संरक्षण गरि वृक्षारोपण गरिएको क्षेत्रमा २०५८ सालदेखि नै वडाले मेशिनरी औजार प्रयोग नगरी प्राकृतिक संरचनामा कुनै प्रकारको क्षती नपुग्ने गरी ढुङ्गा, बालुवा ठेक्का लगाएर उक्त कार्यबाट प्राप्त हुने रकम त्यसै क्षेत्रमा वर्षेनी हुने नदी कटान रोक्नको लागि तटबन्धन गरिदै आएको र यस वर्ष पनि सोही प्रकृया अनुरुप वडा भेलाद्धारा उक्त क्षेत्रमा ठेक्का लगाउने कार्य भएकोमा अवरोध आएपछि डेलिगेशन गएको हो । ्जि.वि.स. तनहुँबाट ढुन्डुरे घाट संचालन जिम्मेवारी लिएका ठेकेदार जित बहादुर गुरुङ्गसँग मिलोमतो गरी ईलाका प्रहरी कार्यालय बेलचौतारा, शुक्लागण्डकी नगरपालिकाका कार्यकारीणी अधिकृत हरिराम नागिला, जिल्ला विकास समिति, तनहुँबाट समेत रोक्ने काम गरिएको मा स्थानियले विरोध गर्दै आएका छन्  ।
    वन क्षेत्रलाई र यस क्षेत्रमा रहेका सामाजिक संस्थाहरु भानुभक्त बहुमुखी क्याम्पस, पश्चिम क्षेत्रीय प्रहरी आवसिय माध्यमिक विद्यालय, जि.पि. कोइराला स्वासप्रश्वास राष्टिय उपचार केन्द्र सयौ घरधुरी रहेको क्याम्पस वस्ती र सितलनगर तथा भर्खरै निर्माण सम्पन्न भएको शुक्ला गण्डकी–५ र १३ जोड्ने सेतीनदी माथिको झोलुङ्गे पुल र निर्माधिन विद्युत सव स्टेशनमा समेत नदी कटानले प्रतिकुल असर गर्ने गरी उक्त क्षेत्रबाट अनाधिकृत रुपमा ढुङ्गा, बालुका चोरी निकासी गर्न सहयोग पु¥याएकोमा नगरपालीका लगायतका संस्थाप्रति स्थानियले आक्रोस पोखेका छन् ।
    स्थानिय सम्पत्ती, स्रोत र साधनको संरक्षण गर्ने जिम्मेवारी पाएको ती निकायले व्यापारी उद्देश्यका साथ काम गर्ने ठेकेदारसँग साँठगाँठ गरी प्राकृतिक संरचना संरक्षणमा स्थानिय जनताको पारदर्शी पहललाई अवरोध पु¥याएको घटना प्रति भेलाले आपती प्रकट गर्दै तत्काल विगतमा जस्तै वडावासीलाई प्राकृतिक संरचना संरक्षण गर्दै विकास निर्माण कार्य अगाडी बढाउने वातावरण सिर्जना गर्न जोडदार माग समेत गरिएको छ । 


ARCHIVES